१७ मंसिर,मुगु / मुगुमा झण्डै एक महिनादेखि फैलिएको भाइरल ज्वरो र निमोनियाले १८ जनाको ज्यान लिएको छ।
चिसोसँगै रुघाखोकी, निमोनिया र भाइरल ज्वरोका बिरामी बढेका छन्। भाइरल प्रकोपबाट छायानाथ रारा नगरपालिका-५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढा, सोही नगरपालिकाको वडा नम्बर ७ का एक शिशु, ७० वर्षीया धर्मकला शाहीलगायतको मृत्यु भएको छ।
हालसम्म १८ जनाको मृत्यु भइसकेको छ। कतिपय गाउँबस्ती सदरमुकाम र सञ्चार सुविधाबाट टाढा रहेकाले भाइरल प्रभावित र मृतकको थप तथ्याङ्क आउन सकेको छैन।
जिल्लाका सबैजसो गाउँबस्तीमा कात्तिक दोस्रो सातायता फैलिएको रुघाखोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिकादेखि वृद्धवृद्धासमेत प्रभावित छन्। ‘घाम लागेको बेला हरेक घरको छतमा २/३ जना बिरामी सुतेकै देखिन्छन्,’ भामवाडँका धीरेन्द्रले भने, ‘रुघाखोकीले पूरै गाउँ प्रभावित छ।’
हाम्रो संरचना । १७ मंसिर २०७४, आईतवार ११:१९