दोस्रो चरणको निर्वाचन : कर्मचारीहरु खटिए,मंगलबार देखी सबै मतदान केन्द्रमा मतदाता परिचय पत्र बितरण गरिदै

१८ मंसिर, नेपालगञ्ज/ यहि मंसिर २१ गते बिहान ७ बजे बाट साभं ५ बजे सम्म दोस्रो चरणको संघिय तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागी आज सोमबार देखी मतदान अधिकृतहरु सम्वन्धीत मतदान केन्द्र तर्फ गएका छन ।  
सोमबार बिहानै देखी जिल्ला स्थित जिल्ला निर्वाचन कार्यालयबाट सुरक्षाकर्मिहरु सहितको टोली निर्वाचन समाग्री सहित त्यस तर्फ लागेका छन ।

तराई तथा भित्री मधेश क्षेत्रका ४५ जिल्लाका संघिय तथा प्रदेश सभा सदस्य पदको लागी भइरहेको निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्रीहरु लिएर निर्वाचन अधिकारी आ–आफनो क्षेत्रमा खटिइसकेको नेपालगञ्ज क्षेत्रिय निर्वाचन कार्यालयले जनाएको छ ।

बाँकेवाट जिल्लामा रहेका १३६ मतदान स्थल अन्तर्गत ३ सय २७ मतदान केन्द्रहरूमा मतदान अधिकृतहरू लाई मतपेटिका, मतदाता नामावली, छेकावार, रवर म्याट, मतदाता परिचयपत्र लगायतका ६४ भन्दा बढी किसिमका निर्वाचन सामग्रीहरु हस्तान्तरण गरि जिम्मेवारी सुम्पिएको क्षेत्रिय निर्वाचन कार्यालयका प्रमुख बसन्त राज अधिकारीले जानकारी दिनुभएको छ । 

सोमबार बांके जिल्लाका ३ वटै निर्बाचन क्षेत्रका मतदान केन्द्रका लागी मतदान अधिकृतहरु तथा सुरक्षाकर्मिहरुको समन्वय गरेर त्यस तर्फ पठाइएको र जिल्लाको सुरक्षा स्थिती मानबिय तथा प्रबिधी युक्त सबै किसिमले सुरक्षाको ब्यवस्था गरिएको जिल्ला स्थित सुरक्षा प्रमुखहरुले बताएका छन ।
पहिलो चरणमा सम्पन्न निर्वाच क्षेत्रका सुरक्षाकर्मि, नेपाली सेना, शसस्त्र, जनपद लगायत म्यादी समेत प्रयोग गरेर निर्वाचनको लागी शान्ती सुरक्षाको ब्यवस्था मिलाएको गृह स्रोतले जानकारी दिएका छन ।

बांके जिल्लामा सिमावर्ति मतदानकेन्द्र र राप्ती पारी, कुसुम र कचनापुर क्षेत्र सुरक्षाको दृष्टिले संबेदनशिल क्षेत्रको रुपमा लिएर बिशेष सुरक्षा योजना बनाइएको सुक्षा स्रोतले जानकारी दिएको छ ।

नेपालगञ्जमा निर्वाचन अधिकारीहरु बन्दोबस्ती तथा खटनपटनको लागी बांके जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी., जनपाद प्रहरी तथा शसस्त्र प्रहरी प्रमुख समेत नेपालगञ्ज स्थित निर्वाचन कार्यालयको प्रागनमा सोमबार अपरान्ह आएर निर्वाचनमा खटिने कर्मचारीहरुलाई हौसला प्रर्दान गर्न उपस्थित हुनुभएको थियो ।

निर्वाचनमा खटिएका कर्मचारीहरु पनि गोलाप्रर्था दवारा आफनो समूहमा खटिएका कर्मचारीहरुलाई यता र उता गदै खोजी गरिरहेका थिए भने भेटाएपछी खुशि ब्यक्त गर्दै निर्वाचन उपलब्ध गराइउका सामाग्रीहरु आफनो अनुकुल हेरेर हातमा, टाउंकोमा, साइकलमा, रिक्सामा, जिपमा, बसमा मतदान केन्द्र रहेको गन्तब्य तर्फ लगिरहेका थिए ।

नेपालगञ्जको रामलिला मैदानमा मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मिहरुको बाक्लो उपस्थितीले सोमबार दिनभरी मेला जस्तै भिढ लागेको थियो ।