नेपालगञ्जको न्यूरोडमा युथ सेन्टर सञ्चालन

नेपालगञ्जको न्यूरोडमा सञ्चालनमा आएको युथ सेन्टरको उपमेयर उमा थापा मगर र मध्यपश्चिम क्षत्रीय खेलकुद बिकास समितिका अध्यक्ष भिम वली पनि अवलोकन क्रममा खिचिएको तस्बिर

१९ मंसिर नेपालगञ्ज/  संयुक्त राष्ट्रसंघिय विकास नियोग–यूएनडीपीको आर्थिक तथा प्राविधिक सहयोग र स्थानिय स्वयम सेबी संस्था एवम ब्यक्तीहरुको सहभागीतामा नेपालगञ्जको न्यूरोडमा मंगलबार एक समारोह बीच युथ सेन्टर सञ्चाल गरिएको छ ।

नेपालगञ्जका बिभिन्न क्याम्पसमा अध्ययनरत युवाहरुको शैक्षिक,ब्यवहारीक एवम समाजिकरुपमा अध्ययन,अनुभव र सिप आदान प्रदान गर्ने एउटा साझा थलोको रुपमा सदुपयोग गर्न सकिने उदेश्यले उक्त सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालकहरुले बताएका छन ।

युवाहरुको साझा जमघटको थलोको रुपमा बिकास गर्न क्रियटिभ ह्याण्डस, बहुमुखी सेवा केन्द्र र क्रियटिभ पिस भोलिन्टर्स क्लबको साझेदारीमा प्रारम्भ गरिएकोे छ ।

नेपालगञ्जको न्यूरोडमा सञ्चालनमा आएको युथ सेन्टरको पत्रकार जनक नेपाल पनि अवलोकन क्रममा खिचिएको तस्बिर

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ को न्यूरोड स्थित सेतुबिक चोक नजिकै मंगलबार देखि युथ सेन्टर एक समारोह बीच नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा एवम उपमेयर उमा थापा मगरले मनतब्य ब्यक्त गदै औपचारिक रुपमा उदघाटन गर्नुभएको छ ।

सामाजिक रुपम युवाहरुलाई सकारात्मक परिवर्तन र विकासका लागी सहयोग पुग्ने भएकाले नगरपालीकाले आवश्यक सक्दो सहयोग गर्ने उपमेयर उमा थापा मगरले बिचार ब्यक्त गर्नुभएको थियो ।

युवाहरुको सशक्तिकरणका लागी सुचना तथा सञ्चारको पहुचयोग्य केन्द्र र युवाको रुची र चासोका पुस्तकहरु राखेर सानो लाईब्रेरीको रुपमा पनि विकास गरिने र जहां युवा पुस्तामा पुस्तक पढ्ने संस्कृतिको विकास गरिने बताइएको छ ।

युथ सेन्टरमा सकारात्मक सोंच अभिबृद्धि र जिवनोपयोगी सीप विकासका लागी बिभिन्न कक्षाहरु पनि संचालन गरिने छ ।
समसामयिक विषयबस्तुमा महत्वपूर्ण स्रोत व्यक्तिको उपस्थितीमा नियमित अन्तरक्रिया, युवाहरुबिच अन्तरसंवाद, युवा उपयोगी हुने विभिन्न डकुमेन्ट्री,फिल्म प्रदर्शन को रुपमा विकास गरिने बताइएको छ ।

युथ सेन्टरले युवाहरुलाई लक्षित गरी विभिन्न विषयहरु  नेतृत्व विकास, सकारात्मक भावना अभिबृद्धि, इभेन्ट म्यानेजमेन्ट, स्वयम्सेवा तथा प्राथमिक उपचारबारे प्रशिक्षण कक्षाहरु संचालन गरिने र त्यसका लागी सम्वन्धीत सरोकारवालाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासंग साझेदारीका लागि आयोजनाहरुले सहयोगको आब्हान पनि गरेका छन ।