२० मंसिर,नेपालगञ्ज/ दोस्रो चरणमा हुन गैरहेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने ४५ जिल्लामा बुधबार राति १२ बजेदेखि सवारीसाधन निषेध गरिएको छ ।
नेपाल सरकार गृह मन्त्रालयका अनुसार बुधबार राति १२ बजेदेखि बिहिबार बेलुका ७ बजे सम्म सवारी साधन सञ्चालनमा निषेध गरिएको हो ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका लागि अनुमति पत्र भएका र अत्यावश्यक सेवाका ९एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर लगायत अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउन निषेध गरिएको छ ।
भोली मंसिर २१ गते हुन गैरहेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको छ ।
त्यसैगरी बाँकेमा भोली मंसिर २१ गतो हुने निर्वाचनको तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ ।
बांके जिल्लाका १ सय ३६ मतदान स्थलका ३ सय २६ मतदान केन्द्रमा सबै कर्मचारी खटेको,सबै कर्मचारी आफुलाई तोकेको स्थानमा पुगी परिचयपत्र वितरण, सर्बदलिय बैठक गरी भोलि विहान हुने मतदानको माहोल बनाउनको लागि तयारी अवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जर्नाको छ ।
हाम्रो संरचना । २० मंसिर २०७४, बुधबार १५:३२