२० मंसिर,नेपालगञ्ज/ भोली मंसिर २१ गते हुने संघिय र प्रदेश सभा सदस्यको लागी हुन गैरहेको निर्वाचन ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइए पनि बाँकेका अधिकांश मतदान केन्द्रमा मतदाताहरु बुधबार सांझसम्म परिचय पत्र लिन नगएको अनुगमनकर्ताहरुले जानकारी दिएका छन ।
मधेश केन्द्रीत थर्ड एलायन्सको नेपालगञ्ज स्थत कार्यालय लगायतको टोलीले बुधबार बांकेको डुडुवा गाँउपालिका अन्तरगतका बिभिन्न वडाहरुमा र नेपालगञ्ज उप९महानगर पालिका वडा नं. ६ मा अनुगमनको क्रममा मतदाताहरु परिचय पत्र लिनेको संख्या अत्यन्त न्युन नरहेको पाइएको जनाएको छ ।
नेपालगञ्ज वडा- ६ हडियाबाबा मतदान केन्द्रमा २०८३ मतदाता रहे पनि हाल सम्म २०० जनाले मात्र परिचय पत्र लिएको मतदान अधिकृत मधुसुधन रेग्मीले बताउनु भयो ।
अधिकृत रेग्मीले फुल्टेक्रामा मतदाता शिक्षाको कमीका कारण मतदाताहरु परिचयपत्र लिन नआएको हुनसक्ने जानकारी दिनु भएको छ ।
बांकेको डुडुवा गाँउपालिका वडा नं. २ को नेराप्रावि सन्तलियमा रहेको मतदान केन्द्रमा १२२८ मतदाता मध्य १सय ३१ जनाले मात्र मतदाता परिचाय पत्र लिएको बताउनु भयो ।
मतदान अधिकृत कृष्ण बहादुर केसीले स्थानीय निर्वाचनमा परिचय पत्र लिइ सकेकाहरु पुन लिन नआएको र नयाँ मतदाताहरुमा निर्वाचन सम्बन्धी शिक्षाको कमीका कारण परिचय पत्र लिन नआएकोे बताउनु भयो ।
बांके जिल्लामा स्थानिय निर्वाचनमा मतदाता परिचयपत्र लिइसकेकाहरुको पनि केही ठाउंमा पुन नयां परिचयपत्र बनाएर मतदान केन्द्रबाट बितरण गएिकोमा नयां दर्ता भएका र पुराना दुबै मतदाता परिचयपत्र लिन नआएको मतदान अधिकृतहरले जानकारी गराका छन ।
हाम्रो संरचना । २० मंसिर २०७४, बुधबार १६:४०