अछामको क्षेत्र नम्बर १ को चौरपाटीको लुङ्ग्रामा मतदान स्थगित !

चन्द्रबहादुर थापा 

Photo : File

२१ मंसिर,अछाम/ २ निर्वाचन क्षेत्र भएको अछामको क्षेत्र नम्बर १ को चौरपाटी गाउँपालिका वडा नम्बर –५ लुङ्ग्रामा बाम गठबन्धन र नेपाली कांग्रेस बीच झडप हुँदा मतदान रोकिएको हो ।
कांग्रेसका कार्यकर्ताले फर्जि मत हाल्न खोजेपछि बाम गठबन्धन र कांग्रेसका कार्यकर्ता बीच झडप भएको र झडप हुँदा मतदान गर्न लाइनमा बसेका मतदाता पनि तितर वितर भएका छन् । ५ बजे सम्म ५० प्रतिशत मत खसेको छ ।

स्याङ्जामा पनि झडप

त्यसैगरी स्याङ्जाको लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ ।

साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो ।

झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।