पहिलो चरणमा सम्पन्न निर्वाचनको मत गणना बिभिन्न ठाउंमा सुरु

२१ मंसीर,नेपालगञ्ज /  गत मंंसिर १० गते पहिलो चरणमा सम्पन्न संघिय तथा प्रदेश सभा सदस्य पदको सम्पन्न गरिएको निर्वाचनको मत गणना बिभिन्न ठाउंमा सुरु गरिएको छ ।

प्रदेश नम्वर ३ का १३ जिल्लामध्ये पहिलो चरणमा चुनाव भएका ६ जिल्लामध्ये तीन जिल्लामा बेलुका ५ बजेदेखि मतगणना शुरु भएको छ ।

रसुवा, रामेछाप, सिन्धुपाल्चोक र धादिङगमा मत गणना सुरु भएको छ  । 

रसुवामा बेलुका ५ बजेबाट मतगणना सुरु भएको हो । मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुरु भएको छ । गठनाका लागि रसुवामा बिहानै सर्वदलिय बैठक भएको थियो । रसुवामा ३२ हजार ३ सय २२ मतदाता रहेकोमा २६ हजार १ सय मत खसेको छ ।

यस्तै, सिन्धुपाल्चोकमा पनि मतगणना ५ बजेबाट गणना सुरु गरिएको । मतगणना जिल्ला कृषि विकास कार्यालयमा भैरहेको छ । मत गणना स्थललाई तार जालीले घेरेर सुरक्षित पारिएको छ ।

धादिङगमा दुई क्षेत्रको गणना २ ठाउँमा गर्न थालिएको छ । जिल्ला समन्वय समितिको भवन र भूसंरक्षण कार्यालयमा मत गणना सुरु भएको हो । बेलुका ५ बजेबाट मत गणना शुरु गर्नु अघि नै मतगणनास्थलको ३ सय मिटर वरपर निषेधित क्षेत्र कायम गरिएको छ ।

रामेछापमा पनि मतगणना सुरु भएको छ । मुख्य निर्वाचन कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विहान सर्वदलिय बैठक बसेर मतगणना आजैबाट थाल्ने सहमति भएको थियो ।

नुवाकोटमासर्वदलिय बैठक बसेर आजै मतगणना सुरु गर्ने निर्यण भएको छ । तर दलका प्रतिनिधिका लागि पास र अरु तयारी बाँकी रहेकाले साँझ ७ बजेबाट गणना सुरु गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।  

मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका मतगणना सुरु भएको छ । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भएका थिए ।

 ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् । संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् ।