मनाङ र मुस्ताङको मतगणना जारी :- जिल्ला निर्वाचन कार्यालय

२१  मंसिर /  प्रदेश नम्बर ४ को मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा जिल्लामा मंसिर १० गते पहिलो चरणमा भएको चुनावको मतगणना ५ बजेदेखि सुरु भएको छ । ५ बजे अघि नै सर्वदलीय बैठक बसेर मुचुल्का गरिएको थियो । मतगणनास्थलमा सिसीटिभी जडान गरिएका छन् । 

मुस्ताङ जिल्लाको मतगणना सदरमुकाम जोमसोम जिल्ला समन्वय समितिको कार्यालय भर्खरै सुरु भएको छ । मुस्ताङको मतपरिणाम राती दुई बजेभित्र आउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत बालकृष्ण मिश्रले जानकारी दिनुभयो । त्यस्तै, म्याग्दीमा सदरमुकाम बेनीबजारमा रहेको जिल्ला अदालत परिसरमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको छ ।

गोरखामा पनि ५ बजेदेखि मतगणना सुरु भएको छ । गोरखा क्षेत्र नम्बर १ को मतगणना महिला तथा बालबालिका कार्यालयमा सुरु भएको छ । डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको प्रतिद्वन्द्वी रहेको क्षेत्र नम्बर २ को मतगणना भने जिल्ला समन्वय समितिको कार्यालयमा सुरु भएको छ ।

बाग्लुङमा जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु गरिएको छ भने लमजुङको बेंसीशहरमा जिल्ला समन्वय समितिको कार्यालयमा भइरहेको छ । मनाङको सदरमुकाम चामेमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालमा ५ बजेदेखि नै सुरु भएको छ । ११ देखि १२ घण्टामा नतिजा आउने मुख्य निर्वाचन अधिकृत दिपक ढकालले जानकारी दिनुभयो । मनाङ जिल्लामा पनि मतगणना सुरू भएको छ ।