बर्दियामा बामदेबलाई आफन्त बाटै धोका,२८५९ मतले बामदेब पछाडी

२४ मंसिर, नेपालगञ्ज/  नेकपा एमालेका बरिष्ट उपाध्यक्ष बर्दिया क्षेत्र नम्बर १ उम्मेदवार बामदेब गौतमलाई माओबादी केन्द्र र पार्टीकै आन्तरिक गुटबाट भोट नहालेर पूर्वीया र पश्चिमको नारा लगाएर पराजितको अवस्थामा धकेलेका छन ।

राष्ट्रिय राजनितिको मियो तथा भाबी प्रधानमन्त्रीको दाबेदार मानीएका बामदेब गौतमलाई, गौतमले नै नजिक बिश्वास राखेका ब्यक्तीहरुबाटै धोका दिइएको स्रोतको दाबी छ ।  

धोका दिनेहरुमा पूर्व सांसदहरु देखी बर्तमान जनप्रतीनिधी ब्यक्तीहरु समेत कुटील रुपमा बिपक्षीमा लागेको र सोरहवा,जमुनी र गुलरीया क्षेत्रबाट माओबादी पक्षका कार्यकर्ताहरुलाई समेत  प्रतिदन्दी सञ्जय गौतम सहयोग पुग्नेगरी उचालेको पुर्वीया-पश्चिमी नारा लगाएर पूर्वी आफनै पहाड क्षेत्रको भन्दै सञ्जय गौतमलाई सहयोग प्–याएको स्रोतको दाबी रहेको छ ।

बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सञ्जय गौतमले ३५६६९ भोट ल्याएर बामदेब भन्दा अग्र स्थानमा रहेका छन । बामदेब गौतमको ३२८१० मत रहेको छ । सूर्य चिन्हमा मत  मात्र ४००० मत बदर भएको छ ।
बर्दिया क्षेत्र नम्वर १ को बारबर्दिया नगरपालीकाको करीब १९००० मत मात्र गन्न बांकी रहेको छ । स्थानिय निकायको मत अनुसार माओबादी र एमालेको मत जोर हेर्ने हो भने बर्दिया क्षेत्र नम्बर १ मा लोकतान्त्रीक भन्दा बामपन्थीको मत करीब २६ हजारले बढी रहेको छ ।