हाम्रो संरचना शनिबार, कार्तिक ६, २०७८ 437 Views

२६ मंसिर नेपालगञ्ज/ समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ । 

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले ९ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ ।

यसैगरी कांग्रेसले ८ लाख ७८ हजार ८२४ मत हासिल गरिसकेको छ । कांग्रेसभन्दा निकै नै पछि रहेको माओवादी केन्द्रले तीन लाख ८५ हजार ४३४ मत बटुलेको छ ।

आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार, संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ ।