लोक सेवा आयोग बाट ५९ महिला र खुला २०६ गरी ३९० शाखा अधिकृत पदमा दरखास्त आव्हान

२८ मंसिर नेपालगञ्ज/ लोकसेवाआयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक खुला एवम् समावेशी शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको हो । 

व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरेको छ । समावेशीतर्फ  आयोगले आदिवासी-जनजाति मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा तोकेको छ ।

अनलाइनबाटै दरखास्त फारम भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म दिन पाइने छ । दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।

बृस्तित जानकारीका लागी आयोगको ठेगाना http://www.psc.gov.np/ मा गएर हेर्न सक्नु हुन्छ ।