गजुरीमा प्रहरीबाट ३८ केजी गाँजा सहित २ जना पक्राउ

२८ मंसिर, नेपालगञ्ज/ काठमाडौंबाट वीरगंज जाँदै गरेको ट्रकमा लुकाएर लैजान लागेको ३८ केजी गाँजा गजुरी स्थित इलाका प्रहरीले बरामद गरेको छ । 

बिहीबार बिहान साढे तीन बजे गजुरी बजारमै चेक गर्नेका क्रममा ना२ख ७३११ नम्बरको ट्रकको क्याबिनबाटै उक्त परिणामको पोकामा २२ बण्डल बनाई राखिएको गाँजा वरामद गरिएको प्रहरी निरिक्षक सन्जय तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

लागुऔषध ओसार–पसारमा संलग्नको आरोपमा   चालक पर्सा जिल्ला कल्याणपुर–४ निवासी २७ वर्षीय हृदयनन्द प्रसाद महतो र विरगजंका आकाश सुनार पकूाउ गरेको  जानकारी दिएको छ ।
बिशेष सुराकीको आधारमा चेक गर्ने क्रममा ट्रकको अगाडि पट्टीको क्याबिनमा लुकाई राखेको अवस्थामा सेतो र पहेलो गरी २२ वटा बोरा भित्र गाँजा फेला पारेको र प्रहरीले ट्रकलाई सहित उपरोक्त ब्यक्तीलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।