नेपालगञ्जमा ५ नम्बर प्रदेशका प्रहरी र नागरिक समाज बीच शान्ती सुरक्षा र भावी रणनिती बिषयकअन्तरक्रिया

१ पुस, नेपालगञ्ज/ नेपाल प्रहरीले प्रदेश सरकारको संरचना अनुसार आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन कार्यमा  जुटेको जानकारी दिएको छ ।
५ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मधु  पुडासैनीले राज्यको नयाँ संरचना अनुसार आवश्यक प्रहरी दरबन्दी र कार्यनिति एवम योजना बनाएर केन्द्रमा पठाइसकेको शनिबार नेपालगञ्जमा आयोजना गरिएको एक कार्यक्रममा जानकारी दिनुभएको हो ।

५ नं. प्रदेश संघिय प्रहरी कार्यालय तुलसीपुर दांगले शनिबार दिउसो नेपालगञ्जको कारकादो स्थित संघिय प्रहरी इकार्इ कार्यालय भेरीमा आयोजना गरेको हालै सम्पन्न निर्वाचनको शान्ती सुरक्षाको समिक्षा तथा ५ नम्बर प्रदेशको प्रहरी संगठनको भावी कार्य योजना बिषयक अन्तरक्रियामा कार्यक्रममा आयोजना गरेको हो ।

५ नं. प्रदेश संघिय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मधुप्रसाद पुडासैनीले प्रदेशको संरचना अनुसार प्रहरी परिचालनका लागि योजना बनाएर केन्द्रमा पुगिसकेको  जानकारी दिदै ५ नं. प्रदेशका १२ जिल्लामा बिशेष गरी बांके र रुपन्देहीलाई लक्षीत गरि सुरक्षा अवस्थालाई विभिन्न ७ वटा विषयलाई प्राथामिकतामा राखेर योजना बनाइएको जानकारी दिनु भयो । 

उक्त योजना अनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री, सांसद, मन्त्रीपरिषद लगायतका अन्य निकायका लागि केन्द्रमा झैँ छुट्टै खालको तालिम प्राप्त सुरक्षाकर्मी आवश्यक पर्ने भएकाले प्रदेशमा करिब २५ हजार सुरक्षाकर्मी माग गरिएको जानकारी दिनुभयो ।

एआइजी पुडासैनीले प्रहरीले प्रभावकारी शान्ति सुरक्षा, अपराध अनुसंन्धान र नियन्त्रण, प्रभावकारी प्रहरी सेवाको प्रवाह, प्रविधिको अधिकतम उपयोग, सुशासन कायम गर्न प्रशासनिक सुधार, बैज्ञानिक रुपमा जनशक्ति परिचालन, जनताको अपेक्षाको पहिचान संगै सम्बोधन र प्रभावकारी ट्राफिक व्यवस्थापनमा विषेश रुपले परिचालित हुँदै सेवा प्रवाह गर्ने भएकाले यसलाई जनस्तरबाट पनि मेरो साथी हो भन्ने भावनाका साथ सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

बढ्दो सवारी दुर्घटनालाई कम गर्न सबै खाले ट्याक्टरको ट्रलीको पछाडी रिफ्लेक्टर स्टिकर राख्न निर्देशन दिई सकेको र मातहातका सबै प्रहरी कार्यालय तथा युनिटहरुलाई उपरोक्त कामका साथै सबै किसिमका तस्करी नियन्त्रण तथा लागू औषधको कारोवारलाई निर्मुल पार्नको लागि सिडा अभियान जारी रहेको बताउनु भयो ।

एआईजी पुडासैनीले अन्तरक्रिया कार्यक्रममाआफूलाई कुनै पनि खालको कोसेली आवश्यक नरहेको र त्यस्तो संघिय प्रहरी इकार्य कार्यालय भेरीलाई संकेत गदै कोशेलीको नाममा कहि कतै मातहतकाले  ‘हाकिम साबलाई भनेर कोसेली लिएर कोही आएमा तत्काल कारवाही गर्नेछु । ’
एआइजी पुडासैनीले खुला सीमा भएका कारण प्रदेश ५ मा लागुऔषध भयावह समस्याका रुपमा रहेको भन्दै त्यसलाई नियन्त्रणका लागि अभियान संचालन गर्न लागिएको बताउनुभयो ।

सो अवसरमा निर्वाचको क्रममा भए गरेका कामको विवरण सार्वजनिक गर्नु भयो  । जस अनुसार प्रदेश नं.५ मा निर्वाचनलाई लक्षित गरी बम विष्फोट १६, गोली प्रहार १, शंकास्पद बस्तुफेला परेको २६, मतदान सामाग्री लुटिएको २, म्यादी प्रहरीको मृत्यु- १, म्यादी प्रहरी घाइते- १ र सर्वसाधारण घाइते ७ भएको बताउनु भयो ।

निर्वाचन अवधीभर प्रदेश नं.५ का सबै जिल्लाहरुबाट १ सय ४५ जनालाई नियन्त्रणमा लिएको जानकारी दिदै ती मध्ये १३ जनालाई सामान्य सोधपुछ पछि छाडिएको र १ सय ३२ जना उपर मुद्धा चलाईएको एआईजि पुडासैनीले जानकारी दिनु भयो । 

नेपालगञ्ज शनिबार आयोजित नागरिक समाजका अगुवासँगको अन्तरक्रियामा  शान्ती सुरक्षाको समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर उमा थापामगर, नेपाल पत्रकार महासंघ बांका अध्यक्ष ठाकुरसिह थारु,पत्रकार महासंघका पूर्व अध्यक्ष रुद्ध सुबेदी,नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पूर्व प्रहरी उपरीक्षक श्याम तामाङ्ग, यातायात ब्यवसायी डेकनाथ गौतम ,ईन्सेक, नेपालगञ्ज भोला महत,लगायतले निर्बाचन केन्द्रीत सुरक्षाका बारेमा स्थानिय प्रहरी तथा अन्य निकायले खेलेको भुमिकाका बिषयमा आफनो बिचार प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रिय प्रहरी तालीम केन्द्रका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक ठाकुर प्रसाद ज्ञवाली तालीम केन्द्रकानै प्रहरी उपरीक्षक,बांके जिल्ला प्रहरी प्रमुख टेक बहादुर तांमाग, बिभिन्न सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु पत्रकार, मानवअधिकारबाद संस्थाका प्रतिनिधि, यातायात ब्यवसायी, पूर्व प्रहरी, स्थानिय निकायका जन प्रतिनिधि महिला समूहका प्रतिनिधिको सहभगीतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।