हाम्रो संरचना बिहिबार, अशोज ७, २०७८ 739 Views

स्थिति १ : सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेर एकल संक्रमणीय प्रणालीमा निर्वाचन भएमा राष्ट्रिय सभा : एमाले २६, माओवादी १२, कांग्रेस १४, राजपा २ र फोरम २

स्थिति २ : वाम गठबन्धनले चाहेजस्तै अध्यादेश फिर्ता भई बहुमतीय प्रणालीका आधारमा निर्वाचन भएमा राष्ट्रिय सभा : वाम गठबन्धन ४८ कांग्रेस, राजपा र फोरम मिलेमा ८

प्रदेश १ : कुल मत संख्या : ९३४८

-एकजना सदस्यलाई आवश्यक मत : २३५०

-एकल संक्रमणीय निर्वाचन भएमा निर्वाचित हुने सम्भावना : एमाले ६ कांग्रेस २

-बहुमतीय प्रणाली भएमा : एमाले ८ अन्य ०

मतभार :

एमाले : ५२२०

माओवादी : १००८

कांग्रेस : २७३६

फोरम : २१६

रिाप्रपा : १६८

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा निर्वाचित हुने हुनाले दुई सिट एमालेका लागि निश्चित
  • बाँकी ६ मध्ये तीनजना महिला र तीनजना खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा २३५० मतका दरले एमालेले ४७०० मत खर्च गरेर दुई महिला र दुई खुला सदस्य निर्वाचित गर्न सक्नेछ । बचेको ५२० मत पाए पनि माओवादी उम्मेदवारको मत १५२८ मात्र हुनेछ । बरु, कांग्रेससँग २७२६ मत भएकाले एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन् ।
  • तर, अध्यादेश खारेज भएर बहुमतीय प्रणाली लागू भएमा एमालेले आठै सिट जित्नेछ ।

प्रदेश २ : कुल मत संख्या : ९८८८

-एकजना सदस्यलाई आवश्यक मत : २५०९

-एकल संक्रमणीय निर्वाचन भएमा कांग्रेस, फोरम र राजपा मिल्दा : लोक. ६ वाम २

-बहुमतीय प्रणाली भएमा: लोक. ८ वाम ०

मतभार :

कांग्रेस : २३२२

फोरम : २३१०

राजपा : २१९०

एमाले : १६२६

माओवादी : १३८६

नयाँ शक्ति : १८

जनता दल : ३६

  • बहुमत मात्र होइन एकल संक्रमणीय मतका लागि आवश्यक न्यूनतम २५०९ पनि कुनै एक्लो दलसँग छैन । त्यसैले, कांग्रेस, फोरम र राजपा मिलेमा ६८२२ मत पुर्‍याएर बहुमतका दुई सदस्य निर्वाचित गर्न सक्नेछन् ।
  • एकल संक्रमणीय निर्वाचन भएमा २५०९ मतका दरले ५०१८ मत पुर्‍याएर यो गठबन्धनले दुई महिला र दुई खुला सदस्य निर्वाचित गर्न सक्छ । बचेको १८०४ मत पाएमा एमाले अथवा माओवादीका तर्फबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुन सक्नेछन् । तर, वाम गठबन्धनले मधेसी दललाई समेटेर कांग्रेसलाई शून्य पार्न सक्छ ।

प्रदेश ३ : कुल मत संख्या : ८७९४

एकजना सदस्यलाई आवश्यक मत : २३९२

एकल संक्रमणीय निर्वाचन भएमा : एमाले ४ माओवादी २ कांग्रेस २

बहुमतीय प्रणाली भएमा : वाम ८ अन्य ०

मतभार :

एमाले : ४४२६

माओवादी : १६९८

कांग्रेस : २२१४

नेमकिपा : १३२

विवेकशील : १४४

राप्रपा : १३२

राप्रपा (प्र) : ४८

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा एमालेका लागि निश्चित
  • बाँकी ६ मध्ये तीन महिला र तीन खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा २३९२ मत खर्च गरेर एमालेले एक महिला र एक खुला सदस्य निर्वाचित गर्न सक्नेछ । बचेको २०३४ मत पाए पनि माओवादीका पनि एक–एक सदस्य निर्वाचित हुनेछन् । त्यसमा पनि बचेको १५१८ मत पाएमा कांग्रेसका पनि एक–एक सदस्य निर्वाचित गर्न पुग्नेछ । बहुमतीय प्रणालीमा पनि पूरै सिट जित्न एमाले एक्लैलाई जोखिमपूर्ण हुनेछ ।

प्रदेश ४ :  कुल मत संख्या : ५९२८

एकजना सदस्यलाई आवश्यक मत : १५०४

एकल संक्रमणीय निर्वाचन भएमा निर्वाचित हुने सम्भावना : वाम ६ कांग्रेस २

बहुमतीय प्रणाली भएमा: वाम ८ अन्य ०

मतभार :

एमाले : २६६४

कांग्रेस : २१६०

माओवादी : ७९२

राजमो : १९८

नयाँ शक्ति : ९६

स्वतन्त्र : १८

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा निर्वाचित गर्न वाम गठबन्धन आवश्यक
  • बाँकी ६ मध्ये तीन महिला र तीन खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा १५०४ मतका दरले वाम गठबन्धनले दुई महिला र दुई खुला सदस्य निर्वाचित गर्न सक्नेछ । कांग्रेसको २१६० मत पाएर महिला र खुलातर्फ एक–एक सदस्य
    निर्वाचित हुनेछन् ।
  • तर, अध्यादेश खारेज भएर बहुमतीय प्रणाली लागू भएमा वाम गठबन्धनले बहुमतका आधारमा आठै सिट जित्नेछ ।

प्रदेश ५ : कुल मत संख्या : ७४७८

एकजना सदस्यलाई आवश्यक मत : २०२३

एकल संक्रमणीय निर्वाचन भएमा निर्वाचित हुने सम्भावना : वाम ६ लोक. २

बहुमतीय प्रणाली भएमा : वाम ८ अन्य ०

मतभार 

एमाले : २९६६

कांग्रेस : २००४

माओवादी : १७९४

फोरम : ४३८

राजपा : ४८

राजमो : १२०

नयाँ शक्ति : १८

राप्रपा : ३६

स्वतन्त्र : ५४

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा निर्वाचित गर्न वाम गठबन्धन आवश्यक
  • बाँकी ६ मध्ये तीन महिला र तीन खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा २०२३ मतका दरले वाम गठबन्धनले दुई महिला र दुई खुला सदस्य निर्वाचित गर्न सक्नेछ । कांग्रेसले महिला र खुलाका एक–एक सदस्यका लागि अपुग १८ मत फोरम, राजपालगायतका दलबाट लिन सक्नेछ ।
  • तर, अध्यादेश खारेज भएर बहुमतीय प्रणाली लागू भएमा वाम गठबन्धनले आठै सिट जित्नेछ ।

प्रदेश ६ : कुल मत संख्या : ४३३८
एकजना सदस्यलाई आवश्यक मत : ११५३

एकल संक्रमणीय निर्वाचन भएमा निर्वाचित हुने सम्भावना : वाम ६ लोक २

बहुमतीय प्रणाली भएमा : वाम ८ अन्य ०

मतभार :

एमाले : १७२२

कांग्रेस : १०२६

माओवादी : १४३४

स्वतन्त्र : ७२

राप्रपा : ८४

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा निर्वाचित गर्न वाम गठबन्धन आवश्यक
  • बाँकी ६ मध्ये तीन महिला र तीन खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा ११५३ मतका दरले एमाले र माओवादीले अलगअलग पनि एक–एक महिला र एक–एक खुला सदस्य निर्वाचित गर्न सक्नेछ । कांग्रेसले महिला र खुलाका एक–एक सदस्यका लागि अपुग १२७ मत स्वतन्त्र र राप्रपाबाट लिन सक्नेछ ।
  • तर, अध्यादेश खारेज भएर बहुमतीय प्रणाली लागू भएमा वाम गठबन्धनले आठै सिट जित्नेछ ।

प्रदेश ७  : कुल मत संख्या : ५७१२

एकजना सदस्यलाई आवश्यक मत : १४२९

एकल संक्रमणीय निर्वाचन भएमा निर्वाचित हुने सम्भावना : वाम ६ कांग्रेस २

बहुमतीय प्रणाली भएमा: वाम ८ अन्य ०

मतभार:

एमाले : २६९४

कांग्रेस : १९०८

माओवादी : १०१४

राजपा : ९६

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा निर्वाचित गर्न वाम गठबन्धन आवश्यक
  • बाँकी ६ मध्ये तीन महिला र तीन खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा १४२९ मतका दरले एमालेले एक महिला र एक खुला सदस्य निर्वाचित गर्न सक्नेछ । बाँकी १२६५ मत थपेर माओवादीले पनि एक–एक सदस्य निर्वाचित गर्न सक्नेछ । कांग्रेसको १९०८ मत पाएर महिला र खुलातर्फ एक–एक सदस्य निर्वाचित हुनेछन् ।
  • तर, अध्यादेश खारेज भएर बहुमतीय प्रणाली लागू भएमा वाम गठबन्धनले आठै सिट जित्नेछ ।

 दाउपेचको केन्द्रमा राष्ट्रपति
देउवा सरकारले राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचन एकल संक्रमणीय प्रणालीअन्तर्गत हुनेछ, तर वाम गठबन्धनले बहुमतीय निर्वाचन प्रणालीको माग गर्दै अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई दबाब दिइरहेको छ ।

राष्ट्रिय सभा सदस्य छान्न निर्वाचकमण्डल
-स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार : १८
-देशभरका स्थानीय तहबाट कुल मत: ७५३x२x१८ = २७,१०८
-त्यस्तै, प्रदेश सभा सदस्यको मतभार : ४८
-देशभरका प्रदेश सभा सदस्यबाट कुल मत: ५५०x४८ = २६,४००
-यसरी, राष्ट्रिय सभा निर्वाचन गर्न गठन हुने निर्वाचकमण्डलमा दुई हजार ५६ जना भए पनि कुल मत ५३ हजार पाँच सय आठ हुनेछ ।

 हरेक प्रदेशबाट आठजना राष्ट्रिय सभामा
तर, राष्ट्रिय सभा सदस्य प्रदेशका आधारमा निर्वाचित हुने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशबाट आठजनाका दरले सदस्य निर्वाचित हुनेछन् र तिनका मतदाता आफ्नो प्रदेशका मात्र हुनेछन् । त्यसैले कुन प्रदेशमा कुन दलको वर्चस्व छ, त्यस आधारमा सदस्यहरू निर्वाचित हुनेछन् ।

 के हो एकल संक्रमणीय निर्वाचन प्रणाली ?
एकल संक्रमणीय प्रणालीमा मतदाताले आफूले निर्वाचित गराउन चाहेको उम्मेदवारको प्राथमिकताका आधारमा मतपत्रमै १ नम्बर, २ नम्बर र ३ नम्बर भनेर संकेत गर्छ । जसअनुसार १ नम्बरको प्राथमिकताको उम्मेदवारले जित्न आवश्यक पर्ने मत पाएर बाँकी रहेको मत दोस्रोमा सर्छ । र, दोस्रोले जित्न आवश्यक मत पुगेपछि तेस्रोलाई जान्छ । जसले गर्दा मत खेर जाँदैन भन्ने मान्यता छ । युरोपका विभिन्न देशमा सय वर्षअघि यो प्रणाली प्रयोगमा आएको थियो । नेपालमा पनि ०४७ को संविधानअनुसार गठन भएको राष्ट्रिय सभामा यो प्रणाली थियो । नयां पत्रिकामा समाचार छ ।