नेपालगञ्जमा CTEVT को ३५ औं समिक्षा:समृद्धि र विकासका लागी सबै जुटनुपर्नेमा जोड..

५ पुस, नेपालगञ्ज/  प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदले मंगलबार देखी देखि नेपालगञ्जमा ३ दिने ३५औँ समिक्षा गोष्ठि अयोजना गरेको छ । 
तालीमको उदघाटनको क्रममा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदका उपाध्यक्ष डा. कुल बहादुर बस्नेतले अध्यक्षता ग्रहण गदै उदघाटन मनतब्यको क्रममा राजनितिक परिवर्तनले राज्यका सबै संरचना परिवर्तन हुने र राज्यले खोज्यको जस्तो राज्यका जनशक्ती परिवर्तन नभएमा खोज्यको समृद्धी र विकास नआउने भएकाले सबै क्षेत्र र तप्काका ब्यक्ती स्वतह लाग्नु पर्ने बताउनु भएको छ ।

नेपालका बिचिन्न् प्राबिधिक केन्द्रमा कार्यरत ७० जना शिक्षकहरुको सहभागिता रहेको उक्त गोष्ठीमा समयअनुकुल प्राविधिक तथा ब्यवसायिक शिक्षा र तालिमको कार्य क्षेत्र र यसको आवश्कता, काम गर्ने पद्धती र लक्ष्यका बिषयमा छलफल गरिने भएको छ ।

कार्यक्रममा बोल्दै बाँके जिल्लाका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले राज्यको बदलिदो संरचनामा शिक्षा मन्त्रालय भित्रका सम्पुर्ण कुरा कसरी ब्यवस्थापन गर्ने भन्ने निति तथा कार्यक्रमको सुत्र बनाएर अघि बढ्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

साउदले स्थानीय तह, प्रादेशिक तह र संघीय रुपमा कसरि सहजिकरणको विषय बनाउने बारे सोच्नु पर्ने र प्राविधिक शिक्षाको स्तर कसरि विकास गर्ने कुरामा गहन छलफल हुन जरुरी रहेको पनि सो अवसरमा बिचार ब्यक्त गर्नुभएको थियो ।

सो अवसरमा बोल्ने वक्ताहरुले उत्पादन अनुसारको रोजगार र दिगो विकासलाई मुलमन्त्र मानेर समिक्षा गोष्ठिमा बहस हुनुपर्ने बिचार ब्यक्त गर्नुभएको थिया । । कार्यक्रममा उद्योग बाणिज्यसंघ नेपालगञ्जका अध्यक्ष नन्दलाल बैश्य, भेरी प्राविधिक शिक्षालय संचालक समितिका सदस्य अच्युत प्रसाद प्रसाई, बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने लगाएतले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित शीर्षक