ताजा जनादेशको सम्मान गर्न प्रधानमन्त्री देउवालाई एमालेको आग्रह

 

७ पुस,काठमाडौं/  नेकपा एमालेको स्थायी कमिटिको बैठकले  सरकार गठन  र पार्टी एकतालाई तीव्रता दिई यथाशीघ्र टुंगोमा पु-याउने निर्णय गरेको छ । 

उपाध्यक्ष बामदेव गौतमको निवास काठमाडौंको भैसीपाटीमा शुक्रबार बसेको स्थायी कमिटी  बैठकले ताजा जनादेशबाट सबैभन्दा ठुलो पार्टी बनेको एमालेले सरकार गठनका लागि छिटोभन्दा छिटो उपयुक्त वातावरण बनाउन निर्वाचन आयोग र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रतिनिधीसभाको मत परिमाण आइसकेपनि जनादेश अनुसार नयाँ सरकार गठनका लागि आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतपरिमाण बझुाउन र  प्रधानमन्त्री शेर बहादुर देउवालाई संबिधानमा उल्लेख नभएको  राष्ट्रियसभा गठनको विषयमा विवाद सिर्जना नगरी  तत्काल सत्ता हस्तान्तरण गर्न आयोग र देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले सरकार गठनको तयारी र पार्टी एकीकरण सम्बन्धी कामलाई तीव्रता दिँदै यसलाई यथाशीघ्र छिटो निष्कर्षमा पु(याउने निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसमायिक बिषयमा  पार्टीका आधिकारीक  बिभिन्न बिषयमा भएगरेका प्रगतीहरुको जानकारी गराएपछी बैठक पाटीए एकिकरण्म र जनताको अभिमतलार्य सम्मान गदै माओवादी पार्टी संग एकता गर्नका लागी प्रक्रियागत रुपमा लाग्ने निर्णय गरेको  छ ।

बैठकले राष्ट्रियसभाको गठन नेपालको संविधानको व्यवस्था र यस सम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलहरुबीच भएको पूर्व समझदारी अनुरुप नै हुनुपर्ने ठहर गरेको छ । अहिले राष्ट्रिय सभाको गठन एकल सक्रमणिय वा वहुदलीय के हुने सम्बन्धमा वामगठबन्धन र कांग्रेसबीच विवाद छ ।

विवादका कारण राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको अध्यादेश पारित हुन सकेको छैन । सचिव ज्ञवालीले शुक्रबार नै एक बिज्ञप्ती निकालेर बैठकले निर्वाचनपछि लामो सङ्क्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवं समृद्धिको दिशामा अगाडि बढ्न लागेको निष्कर्ष निकालेको जानकारी दिए ।

 बैठकपछि नेकपा एमालेको जारी बिज्ञप्ती

  • नेकपा एमाले स्थायी कमिटीको ९२ औं बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पुस ७ गते ललितपुर आवास क्षेत्रमा बस्यो । बैठकले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वामपन्थी गठबन्धनका पक्षमा आफ्नो अमूल्य मत दिने सम्पूर्ण मतदाताहरुप्रति आभार र धन्यवाद ज्ञापन गरेको छ ।
  • निर्वाचनमा विजयी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई वधाइ र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बैठकले निर्वाचन परिणामबाट राजनीतिक स्थिरता र समृद्धिका हाम्रो सङ्कल्प नेपाली जनताद्वारा अनुमोदित भएको निष्कर्ष निकालेको छ ।
  • बैठकले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । त्यसरी नै सरकार, निर्वाचन सम्पन्न गराउन खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा निर्वाचनका पक्षमा वातावरण निर्माण गर्न भूमिका खेल्ने सञ्चारमाध्यमहरुलाई पनि बैठकले धन्यवाद दिएको छ ।
  • निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा परी ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
  • बैठकले निर्वाचन पश्चात लामो सङ्क्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवं समृद्धिको दिशामा अगाडि बढ्न लागेको निष्कर्ष निकाल्दै निर्वाचनमार्फत् प्रकट भएको जनआकाङ्क्षा पूरा गर्न पूर्ण निष्ठा र क्षमताका साथ लाग्ने अठोट गरेको छ ।
  • बैठकले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनका लागि छिटोभन्दा छिटो उपयुक्त वातावरण निर्माण गर्न निर्वाचन आयोग र प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गरेको छ ।
  • राष्ट्रियसभाको गठन नेपालको संविधानको व्यवस्था र यस सम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलहरुबीच भएको पूर्व समझदारी अनुरुप नै हुनु पर्ने ठहर समेत बैठकले गरेको छ ।

(प्रदीप ज्ञवाली)
सचिव
केन्द्रीय सचिवालय