राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता: पहिलो दिन विभिन्न विधाका ५ खेल सम्पन्न,कस्ले जिते !

१२ पुस खजुरा बांके/ बांकेको खजुरा गाउँपालिका–२, सीतापुरस्थित शुक्र माविमा सुरु भएको  दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता बुधवार पहिलो दिन विभिन्न विधाका ५ खेल सम्पन्न भएका छन् ।

पुरुषतर्फको एक हजार ५ सय मिटर दौड 

पुरुषतर्फको एक हजार ५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका माधव चौधरी प्रथम भएका छन् । उनले ४ मिनेट २७ सेकेन्ड एक पल्समा दौड पूरा गरि प्रथम  भएका छन । त्यसैगरी  मध्यमाञ्जका सुभाष थापा ४ मिनेट २७ सेकेन्ड ४ पल्समा दुरी पूरा गरि दोस्रो र  सुदूर पश्चिमाञ्चलका सुनिल सुनार ४ मिनेट २७ सेकेन्ड ८ पल्समा दुरी पूरा गरि तेस्रो भएका छन ।

 महिलातर्फको १५ सय मिटर दौड 
त्यसैगरी बुधवार नै भएको महिलातर्फको १५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी चन्द्रा घर्ती प्रथम भएकाी छन । चन्द्राले ६ मिनेट ३५ सेकेन्ड ४ पल्समा दुरी पार गरेकी छन भने पश्चिमाञ्चलकी सुस्मिता भट्टराईले मिनेट ४३ सेकेन्ड ६ पल्समा दुरी पार गरि दोस्रो र सुदूरपश्चिमाञ्चलकी रेखा चन्दले ६ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पार गरि तेस्रो भएकी छन।

पुरुषतर्फको ४०० मिटर दौड

पुरुषतर्फको ४०० मिटर दौडमा सुदूरपश्चिमाञ्चलका केशर रावल प्रथम, सुदूरपश्चिमकै राजेश बहादुर चौधरी दोस्रो र मध्यमाञ्चलका छिरिङ लामा तेस्रो भए । 

 महिला तर्फको ४०० मिटर दौड

त्यसैगरि, महिला तर्फको ४०० मिटर दौडमा पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ प्रथम भइन् भने मध्यपश्चिमाञ्चलकी पूजा चौधरी दोस्रो र सुदूरपश्चिमाञ्चलकी अनिता भुल तेस्रो भइन् ।

शटपुट महिला

शटपुट महिला तर्फको खेलमा पश्चिमाञ्चलकी सुमित्रा थापा प्रथम भएकी छन् । उनले ८ दशमलव ४५ मिटर रेकर्ड राख्दा पश्चिमाञ्चलकी अस्मिता सेर्पाली दोस्रो र सुदूरपश्चिमकी मिना धामी तेस्रो भइन् । सेर्पालीले ८ मिटर ४३ मिटर पर फालिन् भने धामीले ८ दशमलव १४ मिटर दुरी फाल्न सफल भइन् ।

पुरुषतर्फको लङजम्पतर्फ मध्यमाञ्चलका भुवन महतो प्रथम, मध्यपश्चिमाञ्चलका सुशील केसी दोस्रो र पूवाञ्चलका सुरज माझी तेस्रो भएको आयोजक बाँके जिल्ला एथलेटिक्स संघले जनाएको छ ।