दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता सम्पन्न : मध्यपश्चिम १३ स्वर्ण सहित प्रथम मध्यमाञ्चल ५ स्वर्णसहित द्वितिय

१४ पुस, नेपालगञ्ज / बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २, सीतापुरमा भएको दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगितामा शुक्रबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा मध्यश्चिम प्रथम भएको छ ।
मध्यपश्चिमले १३ स्वर्ण सहित प्रथम, ५ स्वर्ण सहित मध्यमाञ्चल द्वितिय, पश्चिमाञ्चल र सुदूरपश्चिमले ३र३ स्वर्ण जित्न सफल भएका छन । 

शुक्रवार भएको विभिन्न विधाका ७ खेल हुँदा महिला जेभलिन थ्रो खेलमा सुदूरपश्चिमाञ्चलकी मिना धामीले २८ दशमलव ५५ मिटर दुरी थ्रो गरी स्वर्ण पदक पाएकी छन । ।
मध्यपश्चिमाञ्चलकी अनिता चौधरी द्वितिय भने पश्चिमाञ्चलकी सुमित्रा थापा तृतिय हुनुभएको छ ।
शुक्रवार नै भएको पुरुषतर्फको ५ हजार मिटर दौडमा मध्यपश्चिमाञ्चलका नरेश बुढा प्रथम भए । उनले उक्त दुरी १६ मिनेट ३९ सेकेन्ड ०२ पल्समा पूरा गरेका छन । सुदूरपश्चिमाञ्चलका सुनिल सुनारले १६ मिनेट ४२ सेकेन्ड द्वितियर सुदुरपश्चिमाञ्चल कै विवेक सुनारले १७ मिनेट १२ सेकेन्ड १४ पल्समा दुरी पूरा गरि तृतिय भए ।
महिलातर्फको ५ हजार मिटर दौडमा मध्यमाञ्चलकी राम माया बुढा प्रथम मध्यपश्चिमाञ्चलकै चन्द्रा घर्ती द्वितिय र सुदुरपश्चिमाञ्चलकी रेखा चन्द तृतिय भएका छन ।

त्यसैगरि पुरुष त्रिपल जम्पतर्फ मध्यमाञ्चलका भुवन महतो प्रथम, मध्यपश्चिमाञ्चलका सुशील केसी द्वितिय र पश्चिमाञ्चलका प्रकाश थापा तृतिय भएका छन ।
महिला त्रिपल जम्पतर्फ माध्याश्चमककी पूजा चौधरी प्रथम, मध्यमाञ्चलकी सन्जिया खातुन द्वितिय र मध्यमाञ्चलकै अनुषा राउत तृतिय भएका छन ।
पुरुष ज्याभलिन थ्रोतर्फको खेलमा सुदूरपश्चिमाञ्चलका रमेश पोख्रेल प्रथम, पूर्वाञ्चलका सन्तराम माझी द्वितिय र पश्चिमाञ्चलका आदर्श शाही तृतिय भएका छन ।
महिला ४ गुणे १ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु प्रथम, पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ द्वितिय र मध्यमाञ्चलकी रञ्जिता गुरौ थारु तृतिय भए।
पुरुष ४ गुणे १ सय रिल डौडमा मध्यमाञ्चलका आषिश खत्री प्रथम, मध्यपश्चिमाञ्चलका राकेश थारु द्वितिय र पश्चिमाञ्चलका पूर्ण बहादुर आले तेस्रो भए ।
प्रतियोगितामा महिलातर्फ मध्यपश्चिमाञ्चकी जयरानी थारु र मध्यमाञ्चलका भुवन महतो बेष्ट प्लेयर घोषणा भएका छन् ।
विजेता खेलाडीहरुलाई राखेपका सदस्य विनोद मौनाली, बाँके निर्वाचन क्षेत्र नं। ३ ख बाट निर्वाचित प्रदेस सभा सदस्य बाबुराम गौतम,नेपालगञ्ज उप(महानगरपालिकाका उप(मेयर उमा थापा मगर लगायतले शिल्ड तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।