यसरी गर्न सकिन्छ ५ नम्वर प्रदेशको राजधानी ब्यवस्थापन….

अधिवक्ता सालिकराम सापकोटा

# सालिकराम सापकोटा #

पाँच नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्छ भन्ने भावना एकथरीको छ। दोस्रो बुटवल हुनुपर्छ भन्ने भावना अर्को थरिको छ। तेस्रो थरि मसिनो स्वरमा कपिलवस्तु जिल्लामा हुनुपर्छ भन्नेहरु पनि छ्न,चौथो थरी नेपालगञ्ज र कोहलपुरमा हुनुपर्छ भन्नेहरूको पनि बाक्लै सहभागिता छ।

नेताहरु शहरै पिछे बिभाजित छन।राजनिती र निर्वाचन क्षेत्र लाइ आधार बनाएर प्रादेशिक राजधानीलाई ठुलो मान-प्रतिष्ठाको विषय बनाईएको छ । बहस छेड्ने काम भएको छ। हामीले नयाँ संविधान मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नयाँ राज्य-ब्यवस्था स्थापना गरेका छौ।

यो ब्यवस्था स्थापना गर्न सबै शहरका जनसमुदाय को उत्तिकै योगदान र बलिदान छ।ब्यवस्था परिवर्तन सगै सबै जन-समुदाय को ईच्छा समान रूपमा राष्ट्रले सम्बोधन गर्नु पर्दछ ।

यी चार शहर मध्य जुनसुकै शहर पनि पाँच नम्बर प्रदेशको राजधानी को लागि उपयुक्त र लायक शहर हुन तर नेपाल सरकारको तर्फबाट बुटवल र दाङलाई मात्र राजधानी को लागि उपयुक्त शहर हुनसक्ने भनी सर्भे गरेको कार्य भेद-भावपूर्ण तथा अप-मानजनक छ। यस्तो अभ्यास ले आपसी शत्रुता र मुढभेड बाहेक निकाश निस्किदैन। जुनसुकै विवाद को निरुपण बिधिसम्मत हुनुपर्छ ।

अब गठन हुने पाँच नम्बर प्रदेशसभा ले यि चारै शहर को बिषयमा उपयुक्त कानून बनाई प्रशाकिय राजधानी एउटा शहर लाई ,औधोगिक तथा आर्थिक राजधानी एउटा शहरलाई,पर्यटकिय तथा धार्मिक राजधानी एउटा शहरलाई र उच्च न्यायपालिका को राजधानी एउटा शहर लाई बनाउदा सबै भूगोल,भावना र शहरहरु को सम्बोधन हुन्छ भन्ने लाग्दछ।

यि चार भूगोल र शहर को ब्यवस्थापनको सन्दर्भमा पाँच नम्बर प्रदेश सभा समक्ष म यसै प्रदेशको नागरिक भएको नाताले एउटा प्रस्ताव राख्दछु।

बुटवल एउटा सुन्दर औद्योगिक नगरी भएको हुँदा बुटवल लाई औद्योगिक तथा आर्थिक राजधानी तोकिनु र बिकाश गर्नु उपयुक्त हुन्छ ।

कपिलवस्तु लाई लुम्बिनी सगै जोडेर धार्मिक तथा पर्यटकिय राजधानीको रूपमा बिकास गर्न उचित देखिन्छ।दाङ लाई उच्चअदालत को केन्द्र यस अघि नै तोकिएको हुँदा न्यायिक राजधानी को रूपमा बिकास गर्नु उचित छ।

प्रशासनिक राजधानी को रूपमा सबै पुर्वाधारहरु लाई हेर्दा उत्पीडन र उप-निवेशिकता बाट मुक्ति पाएको नयाँ मुलुक तथा पश्चिम नेपाल को केन्द्र को रूपमा रहेको नेपालगञ्ज शहर  वा कोहलपुर मध्य एक शहर लाई पाँच नम्बर प्रदेश को प्रशासनिक राजधानी स्थापना गर्दा नेपालको संविधान,भूगोल र जनभावना को उच्च संमान हुन्छ भन्ने लाग्छ।

पाँच नम्बर प्रदेशसभा मा निर्वाचित हुनु भएका माननिय
साम्सद सदस्य ज्यु लाई निर्णय अघि मेरो सुझाव लाई समेत सुनुवाइ गरिदिनु हुन अपील गर्दछु । बिचारक अधिवक्ता सालिकराम सापकोटा नेपाल वार एसोसियसनका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ ।