भु–माफियाको गिरोहले बांके र बर्दियामा मोही आंतक नै मच्चाएर करोडौं असुली…

१५ पसु, नेपालगञ्ज/ हाम्रो नेपालीमा उखान छ नि लहरो तान्दा पहरो खस्कीने त्यस्तै घटना हुदै गएको छ नेपालगञ्जको धम्बोजी चौकका १३ जनाको घर मोही काण्ड । 
नेपालगञ्ज, धम्बोजी चौक स्थित सुर्खेत रोडको पुर्वी भागमा रहेको कान्तीपुर इलेक्ट्रोनिक्स पसल देखी सिटि प्यालेस होटल सम्मका सबै घरहरु रहेको जग्गामा मोहीयानी हक दाबी घटनामा विवाद उत्पन्न भएपछी भु–माफियाहरुको जालो लहरो तान्दा पहरो खस्कीन भने झै खस्कीदै गएको छ ।
बिक्रम सम्वत २०२५ सालमा नेपालगञ्जको धम्बोजी चौकमा हाल मोहीयानी हक दाबी गरिएको जग्गा नेपालगञ्ज वडा नम्वर १घको कित्ता नम्वर ८२ को ३ कठठा ३ धुर जग्गा बांके रझेना वडा नम्वर ४ बस्ने शिब प्रशाद थारुको नाममा थियो ।
शिब प्रशाद थारुबाट बिक्रम सम्वत २०३६ सालमा अनवर रंगरेज, नजीर रंगरेजले १०/१० धुर, मोहिनु उद्यिन सिद्धिकीले २० धुर र २०३४ सालमा कृण्ण कुमार न्यौपानेले २३ धुर जग्गा आज भन्दा झण्डै ४० बर्ष अघि खरिद बिक्रीको प्रक्रिया सुरु भएको बिभिन्न सरकारी तथ्याड.हरुमा देखिन्छ ।
उक्त जग्गाको लालपुर्जामा त्यतीखेर देखी हाल सम्म मोहीयानी हक कही कतै देखिदैन भने मोहीयानी हक दाबी कर्ता सहदेव लोधको हातमा ततकालीन भुमिसुधार मन्त्रालयको बांके कार्यालयबाट २०३६ साल पुस २ गते भुमि सम्वन्धी ऐन २०२१ के दफा २५ बमोजीमको मोहीयानी प्रमाणपत्र साथमा छ तर त्यसको निस्सा भुमिसुधार कार्यालय र प्रमाण पत्रको क्रमसंख्या पनि छैन ।

८२ नम्वर कित्ताको ३ कठठा ३ धुर जग्गा हाल १४ टुक्रा भईसकेको छ भने जग्गा टुक्रा–टुक्रा भएर अलग–अलग ब्यक्तीका नाममा गइ १ बर्गमिटर सम्मको बांडफांड गरि त्यसमानै घर बनाई बसेको अवस्थामा मोहीको दाबीको मुद्धा परेको र मोहीयानी हकको आधादिनु पर्ने आसय सहितको भुमिसुधार कार्यालयको पर्चाले मोही काण्ड बाहिर आएको हो ।

मोही काण्डमा अन्यायमा परेको दाबी गदै जग्गाधनीहरुको पत्रकार सम्मेलन…

आफनो जग्गामा मोहीवालाले हकदाबी गरेको बिषयमा वकील मार्फत हकदाबीको प्रतीउत्तर लगाएको र तारिखमा जांदा आजै फैसल गर्नुपछ पेशी दिनहुदैन भन्ने भुमिसुधार कार्यालयका कर्मचारीले भनेर दवाव बनाएपछी भुमिसुधार कार्यालयमा गत मंगलबार केही बेर हंगामा भएको थियो ।
दुबै पक्षलाई बोलाएर मिलापत्र गराउने गरेका केही दलालहरुको समेत उपस्थितमा मोहीको तारीख लिन आएका जग्गाधनीहरुलाई दवाब दिन थालेपछी आफुहरु साह्रै मर्कामा परेको बताउदै बुधबार सिटि प्यालेस होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा आफुहरुले हाल खरिद गरेको जग्गामा बिक्रम सम्वत २०३६ सालमै नेपालगञ्ज नगरपालीकाबाट नक्सा पास गरि घर बनाइ बसेको र दलालहरुको मिलेमतोमा आफुहरुबाट पैसा असुली गर्ने नियतबाट रातारात मोही खडा गरि आफुहरुलाई मोही काण्ड लगाइएको बताउदै न्याय दिनका सम्वन्धीत निकायको ध्यान आकर्षणका लागी पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए ।

पत्रकार सम्मेलनमा पुस ११ गते जग्गा धनीहरु भुमिसुधार कार्यालय बांकेमा मोही सम्वन्धीको विवादमा पेशीका लागी गएका थिए । पेशीको क्रममा आजै फैसला गर्ने बताउदै कर्मचारीले बताएको अवस्थामा भुमिसुधार कार्यालयका प्रमुखले अर्कोदिन पेशी दिनु भन्ने तोक लगाएपछी मातहतका कर्मचारी नायब सुब्बा भिम बहादुर बटालाले पेशी नदिएर कार्यालयको कोठामा दिउसो ३ बजे नै ताला लगाएर कार्यालय बाहिर गएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा भुमिसुधारका कर्मचारीको मिलेमतोमा वकील, लेखनदास, भुपु कर्मचारी लगायतका नाममा बिभिन्न भु–माफिया ब्यक्तीहरुको ग्रिरोहले मोही आंतक नै मच्चाएर करोडौं असुली गरिहेकोले पत्रकार लगायत अन्य सम्वन्धीत निकायको ध्यान जानुपर्ने अनुरोध गरेका थिए ।
पत्रकार सम्मेलनमा हालका जग्गाधनीहरु मोहिउद्धिन सिद्धकी,सिराजुल हसन, ऐन उद्यिन अन्सारी, मोहीउद्यिन सिद्धिकी, बासु, अनवर हुसेन, जमालु उद्यिन लोकेन्द्र अर्याल लगायत एमालेका नेता बिजय गुप्ता समेतको उपस्थित रहेको थियो ।

पत्रकार सम्मेलन दिउसो करीब १२ बजे देखी २ बजे सम्म चलेको थियो । उक्त घटनापछी मोही काण्डमा भु–माफियाको रजाई बारे आवश्यक तथ्यहरु खेज्दै भुमिसुधार कार्यालयमा सांझ ४ बज्न ५ मिनेट हुदा पुगेका थियौ । त्यसपछी के के तथ्य पाइयो बांकी के भयो आगामी अंकहरुमा निरन्तर क्रमश……