१८ पुस, नेपालगञ्ज / देउबा सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।
नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १÷१ रुपैयाँ मूल्य बढाइएको छ ।
यसैगरी खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको गोइतले जानकारी दिनुभएको छ ।
नयाँ मूल्यअनुसार
- पेट्रोल १ लिटरलाई १०२ रुपैयाँ
मट्टितेलको १ लिटर मूल्य ७९ रुपैयाँ - डिजेल १ लिटर मूल्य ७९ रुपैयाँ
यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ - हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।
- नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।
नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू गरिएको छ ।
अहिले निगमलाई पेट्रोलमा भने लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ । तर, ग्यसमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ । डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ ।
तराईमा तेलका हकमा यो मूल्य भन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ । दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।
हाम्रो संरचना । १८ पुष २०७४, मंगलवार ०६:३६