कैलालीमा तुइन चुडिँदा एक जनाको मृत्यु,दुई जना घाइते

धनगढी (रासस)/  कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेट घाटमा रहेको तुइन (फेरी) चुडिँदा एक जनाको मृत्यु भएको छ।
घटनामा अन्य दुई जना घाइते भएका छन् । तुइन चुडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरले जानकारी दिनुभएको छ ।  

नदी माथिको तुइन (फेरी) तर्ने क्रममा अचानक ‘लक’ चुडिएपछि तीनै जना नदीको किनारामा खसेर दुर्घटनामा परेको बताइएको छ। घटनास्थलमा सञ्चारको सुविधा नभएको र भौगोलिक रुपमा विकट क्षेत्र रहेकाले घटनाको जानकारी पनि ढिलो गरी प्राप्त भएको हो।

दुर्घटनामा परी घाइते भएका स्थानीय सुमन बोहरा र तारा अधिकारीलाई थप उपचारका लागि कोहलपुर लग्न सिफरिस गरिएको छ।

सम्बन्धित शीर्षक