सडक दुर्घटना न्यूनीकरणको लागी कोहलपुरमा सरोकारवालाहरु बीच अन्तरक्रिया

# रबिन्द्र सिह ठकुरी #
१९ पौष,कोहलपुर /सडक दुर्घटना न्यूनीकरण गर्न कोहलपुरमा आयोजना गरिएको बढदो सडक दुर्घटना र न्यूनिकरणका उपायहरु बिषयक अन्तरक्रिया कार्यक्रमबाट १५ बुदे प्रतिबद्धता पत्र घोषण गदै बुधबार सम्पन्न भएको छ । 

घोषणापत्रमा सवारी साधन स्पिड जाच गर्ने यन्त्र राडरको प्रयोग, मापसे नियन्त्रणमा सम्बेदनशिल बन्ने, होडिङ्ग बोर्ड, नागरिक बडापत्रलाई तिव्रता दिने, ट्राफिक नियम सम्वन्धी जन-जागरण अभियान सञ्चालन गर्ने, सवारी साधनको प्रयोगका लागी आवश्यक सुरक्षा चेक जांच गर्ने लगायतका रहेका छन ।

सडक दुर्घटना न्यूनीकरण अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले बाइक प्रती युवा मोह बढदो आक्रषण भएता पनि अभिवाभक हरु संबेदनसिल नभएका कारण जथाभावी सवारी साध को प्रयोग बढी भएको र युवा जोशका साथ अन्धाधुन्द गाडी हाक्ने भएकाले बढी मात्रामा सडक दुर्घटना हुने बताउनु भयो ।
प्रमुख रावतले अबका दिनमा यसको न्यूनीकरणको लागी तत्काल पहल कदमी चाली ध्वनि प्रदुषण हुने खालका साधनलाई नियन्त्रण गर्नु पर्ने पनि बताउनु भयो ।

मध्यपश्चिमान्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिवाकर घिमिरेले सवारी साधनको अत्याधिक चाप,जथाभावी बाटो विस्तार,छाडा पशु चौपाय,सडक अतिक्रमण,ओभर लोड,ट्राफिक नियमहरुको उलघंन,अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले गर्दा सडक दुर्घटनामा अत्याधिक संख्यामा बृद्धि भएको जानकारी दिनुभएको छ ।

नायव उपरीक्षक दिवाकर घिमिरेले कानुन दुर्घटना न्यूनीकरणका लागी बिभिन्न ऐन नियमहरु बनेता पनि कानुनको पालना नगरेर पनि सवारि-साधन चलाउदा दिनदिनै दुर्घटना हुने गरेको बताउनु भयो।

जिल्ला युवा सञ्जाल बाकेको आयोजना,मध्यपश्चिमान्चल क्षेत्रीय ट्राफिक कार्यालय र वातावरण तथा ग्रामीण बिकास केन्द्र कोहलपुरको सहकार्य,साझेदारी बिकास परियोजनाको सहयोगमा बुधवार कोहलपुरमा सरोकारवाला निकायको उपस्थितिमा बढदो सडक दुर्घटना र न्यूनिकरणका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रम जिल्ला युवा सन्जाल बाके का अध्यक्ष मोतिलाल थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ग्रामीण तथा वातावरण विकास केन्द्रका अध्यक्ष धर्मलाल रोकाय, प्रेस चौतारी बाकेका अध्यक्ष हेमन्त बिक,र बिभिन्न यातायात समितिका प्रतिनिधिको उपस्थिती रहेको थियो।