बांकेको उढरापुरबाट ५ जना जुवाडे पक्राउ

२० पुस, नेपालगञ्ज/इलाका प्रहरी कार्यालय धनौली खजुराले बुधबार राती उढरापुरमा जुवा खेलीरहेका ५ जनालाई पक्राउ गरी कार्बाहीका लागी जिल्ला प्रहरी कार्यालय बांकेमा पठाएको जनाएको छ ।

बुधबार राती करीब १०:३० बजेको समयमा जुवा खेलीरहेको गोप्य सुचनाको आधारमा साबिकको उढरापुर गाबिसको उढरापुर गाउं हाल खजुरा गाउपालीका वडा नम्वर ५ मा पर्ने जलील बेहनाको घरमा जुवा खेलीरहेका अवस्थामा ६ जना जुवाडे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहहरुमा उढरापुरकै बर्ष २४ को अब्दुल रहिम जोलाह,बर्ष २१ को राजेश पासी,बर्ष २० को अर्मान खान,बर्ष ५५ को रमजान खांन,बर्ष ४३ को रामवरण पासी र रजेनवा बस्ने बर्ष २३ को ढकाल खानलाई नगद रु ३८,७३५ तथा जुवा खेलाउन प्रयोग भएका सामाग्री सहित फेला पारी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाकेमा पठाईएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।