सुर्खेतको बीरेन्द्रनगरमा प्रहरी द्वारा लोकल १ हजार लिटर रक्सी सखाप

२० पुस,बीरेन्द्रनगर,सुर्खेत/ जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहिबार दिउसो करीब १ हजार लिटर लोकल रक्सी सखाप पारेको जनाएको छ ।
बुधबार दिनभरी बीरेन्द्रनगर नगरपालिकाका बिभिन्न स्थानहरुमा स्थानिय मदिरा उत्पादन तथा बिक्रि बितरण कार्यमा संलग्न होटल,रेष्टुरेण्ट तथा घरहरुमा तलासी गरी संकलन गरेको करबि १ हजार लिटर रक्सी बिहिबार दिउसो नष्ट गरेको हो ।
स्थानिय बिभिन्न किसिमका कच्चा पदार्थ तथा उत्पादनमा प्रयोग हुने सामाग्रीहरु पनि बरामत गरि बिहिबार दिउसो १ बजे बीरेन्द्रनगर स्थित करदाता सेवा कार्यालय,पत्रकार,होटल ब्यबसायी संघ, खाध सुरक्षा अधिकारकर्मी, नगरपालिका तथा प्रहरीको रोबहरमा जिल्ला प्रहरी कार्यालय,सुर्खेतको कम्पाउण्डमा प्रहरीले नष्ट गर्ने कार्य गरेको जनाएको छ ।

स्थानिय स्रोत र साधको प्रयोग गरी उत्पादन गरिएको लोकल रक्सीले स्वास्थयमा हानी पु–पु–याउनुका साथै, राजश्वमा समेत हानी हुने भएकाले प्रहरीले लोकल रक्सी उत्पादन र बिक्रि बितरण कानुन बमोजिम रोक लगाएको जनाएको छ ।