२१ पुस, नेपालगञ्ज/ राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला,एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य तीन जना सहित ८ जना चुनिने संवैधानिक प्रावधान छ । त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना राष्ट्रिय सभामा मनोनीत हुनेछन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन सदस्यहरुमा प्रदेशसभाका सदस्य तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप-प्रमुख रहने अध्यादेशले गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन अध्यादेशले ……………
- १ जना प्रदेशसभा सदस्यको मतभार ४८
- १ जना गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष,
- नगरपालिका प्रमुख/ उपप्रमुखको मतभार १८/ १८ निर्धारण गरेको छ ।
प्रदेश १ ……..
- प्रदेश १ मा प्रदेशसभा सदस्य ९३
- स्थानीय तहका अध्यक्ष / उपाध्यक्ष,प्रमुख / उप-प्रमुखको कुल संख्या २ सय ७४ गरी ३ सय ६७ मतदाता छन् ।
- सबै मतदाताको मतभार ९ हजार ३ सय ९६ छ ।
प्रदेश २…….
- सबभन्दा बढी मतदाता रहेको प्रदेश २ को कुल मतदाता संख्या ३ सय ७९ हो, जुन अन्य सबै प्रदेशभन्दा बढी हो ।
- प्रदेश २ का प्रदेश सभा सदस्यको संख्या १ सय ७
- स्थानीय तहका अध्यक्ष / उपाध्यक्ष,प्रमुख / उप-प्रमुखको कुल संख्या २ सय ७२ गरी कुल मतदाता संख्या ३ सय ७९ हो । प्रदेश २ का सबै मतदाताको मतभार १० हजार ३२ छ ।
प्रदेश नम्बर ३……..
- प्रदेश नम्बर ३ मा प्रदेशसभा सदस्य १ सय १०
- स्थानीय तहको संख्या १ सय १९ छ । २ सय ३८ जना गरी कुल ३ सय ४८ जना छन् ।
- यस प्रदेशका मतदाताको मतभार ९ हजार ५ सय ६४ हुनेछ ।
प्रदेश नम्बर ४ ……..
- प्रदेश नम्बर ४ प्रदेशसभा सदस्य ६०
- स्थानीय तहको संख्या ८५ छ । स्थानीय तहको संख्या १ सय ७० गरी कुल मतदाताको संख्या २ सय ३० छन् ।
- सबै मतदाताको मतभार भने ७ हजार २ सय ३६ पुग्छ ।
प्रदेश नम्बर ५………
- प्रदेश ५ मा प्रदेशसभा सदस्य ६०
- स्थानीय तहको संख्या १ सय ९ छ । स्थानीय तहबाट २ सय १८ गरी कुल मतदाताको ३ सय ५ ।
- सबै मतदाताको मतभार ५ हजार ९ सय ४० पुग्छ ।
प्रदेश नम्बर ६……..
- प्रदेश ६ मा प्रदेशसभा सदस्य ४०
- स्थानीय तहको संख्या ७९ छ । स्थानीय तहका १ सय ५८ गरी कुल १ सय ९८
- सबै मतदाताको मतभार ४ हजार ७ सय ६४ पुग्छ ।
प्रदेश नम्बर ७……
- प्रदेश नम्बर ७ मा प्रदेशसभा सदस्यको संख्या ५३
- स्थानीय तहको संख्या ८८ छ । स्थानीय तहबाट मतदाता हुने संख्या १ सय ७६ कुल मतदाता २ सय २९ रहेको छ ।
- सबै मतदाताको मतभार ५ हजार ७ सय ८ छ ।
हाम्रो संरचना । २१ पुष २०७४, शुक्रबार १०:११