२१ पुस,रुपैडिहा/ बांकेको नेपालगञ्ज–रुपैडिहा नाकाबाट भारतको दिल्ली हुदै तेस्रो मुलुक कुवेतमा रोजगारीका नाममा बिक्री गर्न लैजादै गरिएका ६ जना युवती सहित २ जना दलालहरुलाई भारतीय प्रहरीले शुक्रबार दिउसो पक्राउ गरी आवश्यक अनुसन्धान सहित कार्वाहीका लागी नेपाल प्रहरीलाई सुम्पेको छ ।
नेपालगञ्जबाट भारतको दिल्ली तर्फ जान हिडेको बसमा रुपैडिहा प्रहरीले सिमा नाकामा सोधपुछको क्रममा ५ जना युवतीलाई २ जना दलालहरुले भारतको दिल्ली लगेर दिल्लीबाट कुवेत पठाउने भनी लैजादै गर्दा सोधपुछको क्रममा ति युवतीहरु पक्राउ परेको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन ।
युवती तस्करीमा संलग्न,बस लगायत कैलालीको धनगढी घर बताउने दलाल अशोक लामा समेतलाई पक्राउ गरि कार्बाहीका लागी बांके प्रहरीलाई बुझाएको जनाएको छ ।
पक्राउ परेका युवतीहरु भने सामाजिक गैरसरकारी संस्था माइती नेपालको नेपालगञ्ज क्षेत्रीय कार्यालयमा बुझाइएको भारतीय पैहरीले जनाएको रुपैडिहाबाट सहकर्मि भारती पत्रकार नबी अहमदले बताउनु भएको छ ।
घरेलु कामदारको रुपमा नेपाली महिलाहरु पहिले बुवेतमा जाने गरेकोमा हाल नेपाल तथा कुवेत सरकारले नै बाहिरी कामदार भित्नयाउन कानुनी रुपमा रोक लागइसकेको छ।
हाम्रो संरचना । २१ पुष २०७४, शुक्रबार २०:४८