जाजरकोटको विकट जुनीचाँदे गाउंपालीकामा भाइरल ज्वरोको प्रकोप,६ जनाको मुत्यू,२ हजार बिरामी

२१, पुस्, नेपालगञ्ज/ मध्यपश्चिमका १५ जिल्लाका जनताको स्वास्थ्यको जिम्मेवारी सम्हाल्दै आएको सुर्खेतका स्थित क्षेत्रिय स्वास्थ्य निर्देशक सहितका मध्य तथा सुदुर पश्चिमका जिल्लाका स्वास्थ्य इन्चार्जहरु  नेपालगञ्जको सिगनेट कृष्णा होटेलमा ब्यस्त रहेको समयमा जाजरकोट जिल्लामा भने भाइरल ज्वरोले महामारी फैलाएको छ ।  

युवती बलात्कारको घटना तथा अन्य अबैध धन्दा गराउने आरोप लागेको नेपालगञ्जको होटेल सिगनेट कृष्णा सरकारी बजेट प्रयोग गरेर टिभी सम्वन्धी सानले कार्यक्रम गर्ने सरकारी उच्च अधिकारीहरु जाजरकोटमा फैलिएको भाइरल ज्वरो प्रति वेवास्ता गदै आएका छन ।

नेपालको मध्यपश्चिम  विकास क्षेत्रमा पर्ने विकट पहाडी जिल्लाहरु स्वास्थ्य शिक्षाको कमि रहेका जिल्लाहरु रहेको मध्यमा जाजरकोटमा विगत दुई सातादेखि फैलिएको भाइरल ज्वरोले शुक्रबार साँझसम्ममा ६ जनाको मृत्यु भएको छ । 

भाइरल ज्वरोले २ हजारभन्दा बढी सिकिस्त बिरामी परेको स्थानिय ब्यक्तीहरुले बताएका छन ।  जाजरकोट जिल्लाको सदरमुकाम खलंगा देखी करीब ३२ कोष टाढा विकट जुनीचाँदे गाउँपालिकाको वडा नम्वर २ मजकोट गाउंमा भाइरल ज्वरोले सबैभन्दा बढी प्रभावित रहेको छ ।

भाइरल ज्वरोले मृत्यु हुनेमा मजकोटकी ६५ वर्षकी धनसरा नाथ, ७२ वर्षकी सतरुप शाही, ५३ वर्षकी आइती तिरुवा तथा नाम नखुलेका तीन शिशुको भाइरल ज्वरोकै कारण मृत्यु भएको बड्कुले स्वाथ्य चौकीका इन्चार्ज हरिबहादुर सिंहले जानकारी दिनुभएको छ ।  चिसोका कारण भाइरलको प्रकोप फैलिएको हरिबहादुर सिंहको भनाइ छ ।

जाजरकोटको, जुनीचाँदे गाउँपालिका

भाइरल ज्वरोले जुनीचाँदे गाउँपालिका– १, २ र ३ का २ हजार स्थानीय सिकिस्त भएको  ‘बिरामी नभएका घरै छैनन् । कुनै घरमा त पाँच देखि ६ जनासम्म पनि बिरामी छन् ।

जुनीचाँदे काप्रा, बड्कुले, कार्कीगाउँ, मजकोट, आली मौगाना, डाँडाकोट र परालेमा भाइरल ज्वरोको प्रकोप बढी देखिएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण केसीको भनाइ छ ।

भाइरल बढेको सूचना पाए लगतै जिल्ला स्वाथ्य कार्यालय जाजरकोटका महामारी फोकल पर्सन कृष्ण खत्री,प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा एक ट्रयाक्टर औषधिका साथ टोलीलाई जुनीचाँदे तर्फ पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राम बहादुर नेपालीले जानकारी दिनुभएको छ । ।