नेपालगञ्जको प्रमुख बजार क्षेत्रको सडक बिस्तारमा ढिलाई,स्थानिय बासिन्दालाई नै सास्ती, गुणस्तरिय निर्माणमा ध्यान दिन आग्रह

नेपालगञ्जको प्रमुख बजार सदरलाइइनको बिजोग तस्बिर

# रबिन्द्र सिंह ठकुरी #

चाडपर्वको समयमा नेपालगञ्जको प्रमुख बजार सदरलाइन बजार

२६ पुस, नेपालगञ्ज/ नेपालगञ्ज उप–महानगरपालीकाको मध्य बजार क्षेत्र सदरलाईनमा सडक बिस्तार तथा निर्माणमा स्थानिय बासिन्दाले सडक क्षेत्रमा पर्ने भौतिक संरचना नहटाउदा निर्माण कार्यमा ढिलाई भएको छ ।
नेपालगञ्जको त्रिबेणी मोड देखी त्रिभुवन चौक सम्म करीब ४ सय मिटर सडक बिस्तार तथा निर्माणका क्रममा २ सय १९ वटा घरका केही संरचना रहेका छन ।
स्थानिय बासिन्दाले सडक बिस्तार क्षेत्रमा परेका संरचना समयमा नै एक साथ नहटाउदा सडक निर्माण कार्यमा केही ढिलाई भएर राज्यलाई लाखौं राजश्व तिर्ने मध्यको मुख्य बजार क्षेत्रका पसल राखेका ब्यापारी तथा उपभोक्ताहरुलाई आवत–जावतमा कठिनाई भोग्नु परिरहेको छ ।
सडक बिस्तार तथा निर्माणका लागी एशियाली बिकास बैकको अनुदान तथा सहयोग राशी र स्थानिय स्रोत साधनको प्रयोग गरी सडक निर्माण लागीएको बताइएको छ ।

यस अघि कालीका कन्ट्रक्सनले कहां ग–यो बदमासी

सडक निर्माणका लागी मिलेमतोमा ३ वटा निर्माण कम्पनीहरु बीच प्रतिस्पर्धा देखाएर कालीका कन्ट्रक्सनलाई ठेक्का दिइएको छ ।
यस अघि नेपालगञ्जमा करीब ६० किमी ढल तथा नाली निर्माणको जिम्मेवारी दिइएकोमा कम्पनीले पनि बिभिन्न ब्यक्तीहरुलाई पेटी ठेक्का दिएर निर्माण कार्य गरेको थियो ।

नेपालगञ्जको प्रमुख बजार सदरलाइन बजारमा पसले र ग्राहक दुबैको बिजोग

नाली तथा निर्माण कार्यमा निरिक्षण तथा अवलोकनको क्रममा पानीको बहाव र धरातलीय अवस्थाको आधारमा नाली निर्माणको डिपिआर नभएकाले नगरका केही भागमा मनपरी तरिकाले नाली निर्माण गरेको पाइएको थियो ।
त्यसैगरी सामान्य नाली तथा ढलको आधार ९० सेन्टीमिटर चौडा र १० सेन्टीमिटर मोटाई भएको पक्की ढलान गरेर दुबै किनारामा १५/१५ सेन्टीमिटरको ढलानबाट वाल निर्माण गर्नुपर्नेमा अधिकांस ठाउंमा करीब ७० सेन्टीमिटर चौडाई र ४ सेन्टीमिटर मोटाई वाल निर्माण गरिएको छ ।

उक्त निर्माणका क्रममा करीब ६० किमीं नालीमा ९० मा ३० सेन्टीमिटर र १० सेन्टीमिटरमा ६ सेन्टीमिटर निर्माण समाग्री बचत गराउने काम गरेर निर्माण कमसल भएको सम्वन्धीत निकायलाई जानकारी गराउदा मिलेमतोमा निर्माण भएको केही दिन नबित्दै हतार हतारमा नाली नगरपालीकालाई हस्तान्रण गरिएको थियो ।

त्यसैगरी कालीका कन्ट्रक्सनले नै निर्माण ठेक्का लिएर मुल नहर बनाएको निर्माण संरचना भत्किदा बांकेको कचनापुरमा बर्षेनी डुवानमा पर्ने र करोडौंको क्षती हुने गरेको छ भने यस बर्ष ३ जना बालबालीकाको ज्यान समेत गएको थियो ।
यस पटक पनि दाता निकायका केही ब्यक्ती र प्राबिधिकहरुलाइ मिलेमतो गर्न र ठेकेदारलाई कम गुणस्तरको निर्माण सामाग्री प्रयोग रोक्न स्थानिय बासिन्दाले निर्माण हुन गैरहेको सडकको उच्च स्तरको डिपिआर रहेको नरहेको देखी कार्यन्वयन सम्म ख्याल पु–याउनु पर्ने हुन्छ । 

गुणस्तरिय निर्माणका लागी स्थानिय बासिन्दाको चासो 

लाखौंको संरचना एवम बहुमुल्य जमीन दिएर बन्न लागेको सडक उच्च गुणस्तर र अत्याधुनीकका लागी स्थानिय बासिन्दाले ध्यान दिनुपर्दछ ।
बिगतमा स्थानिय बासिन्दाले ध्यान नपु–याउदा कोहलपुर देखी जमुनहा सम्म बनाइएको सडक र बुटवल देखी भैरहवा सम्म निर्माण गरिएको सडकको स्रोत र साधन एउटै भएपनि भैरहवा–बुटवलको डिपिआर देखी सडक निर्माण सम्म उच्च स्तरको छ । नेपालगञ्जको जमुनहा देखी कोहलपुर सम्मको सडकको बुटवलको भन्दा कम गुणस्तरको डिपिआर निर्माण देखी सडक निर्माणमा समेत बिभेद रहेको छ ।

सडक निर्माण तथा अनुभवी इन्जिनियरहरुका अनुसार बुटवल–भैरहवा सडक प्रती किलो मिटर करीब ८ करोड लागत इस्टिमेट रहेको तर नेपालगञ्ज–कोहलपुरको लागत इस्टिमेट करीब २ करोड ५० लाख रहेको थियो ।

नेपालगञ्जको दोस्रो चरणमा निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रक्सनले राज्यका बिभिन्न ७ वटा निकाय संग मिलेमतो गरि सडक निर्माणमा नियत बश ढिलाई गदै मुल्य अभिबृद्धि तथा संरचना बिस्तार देखाउदै ढाई करोडबाट लागत सुरु रहेको नेपालगञ्ज–कोहलपुर सडक खण्डको राझा सम्म करबि १२ किमि सडक निर्माणमा करीब ६ करोड पु–यार थप १८ करोड भुक्तानी लिइसकेको जनाएको छ ।

सडक निर्माणमा ढिलाई तथा कमगुणस्तर रहेकोमा सडक डिभिजन कार्यालयले सडक बुझन नमानेको र थप १८ करोडमा ५करोड जरिवाना गरेको यस अघि सार्वजनिक गरिसकेको छ ।
नेपालगञ्जमा निर्माण गरिने भौतीक संरचना पनि अन स्थानिय बासिन्दाले झारा टार्ने भन्दा पनि गुणस्तरिय भौतिक संरचना निर्माणमा चासो र चिन्दा ब्यक्त गदै ख्याल पु–याउनु आफनो दायित्व बोध गर्नुपर्दछ ।