आयल निगमको ४८ औँ स्थापना दिवसकाअबसरमा बृद्धाआश्रममा न्यानो कपडा तथा फलफुल बितरण

२६ पौष,नेपालगञ्ज/ नेपाल आयल निगमको ४८ औँ स्थापना दिवसका अबसरमा नेपाल आयल निगमका मध्यपश्चिम क्षेत्रिय कार्यालय तथा हवाई इन्धन डिपो कर्मचारीह्ररुबाट नेपालगञ्ज स्थित निल सागर बृद्धाआश्रममा न्यानो कपडा तथा फलफुल बितरण गरिएको छ । 

बुधबार नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रिय कार्यालयका प्रमुख बिनितमणी उपाध्यायको अगुवाईमा निगमका कर्मचारी र बृद्धाआश्रमका कर्मचारीहरुको संयूक्त टोलीले बृद्धाआश्रममा न्यानो कपडा र फलफुल बितरण गरेका छन।
कार्यक्रममा बोल्दैं नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख बिनितमणी उपाध्यायले नेपाल आयल निगम नेपालगञ्ज का कर्मचारीहरुको पारीश्रमिकबाट केहि रकम छुट्याएर यस बृद्धा आश्रममा भएका,अशक्त, जेष्ठ नागरीकलाई केहि सहयोग गरौ भन्ने पुनित उदेश्यका साथ यो कार्य गरिएको बताउनु भयो ।

सो अवसरमा निलसागर बृद्धाआश्रमका सल्लाहकार कमलराज रेग्मीले समाज उदाहरणियय श्रहानिय हानिय काम गरेकोमा धन्यबाद दिनुभएको थियो ।

कार्यक्रममा मध्यपश्चिम क्षेत्रिय कार्यालय नेपागञ्जका कर्मचारी, बृद्धा आश्रमका कर्मचारीहरुको उपस्थितीमा बृद्धा, जेष्ठ नागरीक र अशक्त ब्यक्तिहरुलाई कम्बल , फलफुल बितरण गरिएको थियो ।