डाक्टर केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीश पराजुलीमाथि लागेका आरोप छानविन गर्न आदेश

२६ पुस,काठमाडौं/  डाक्टर गोविन्द केसी विरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दा बिना सर्त साधरण तारिखमा रिहा गरेको छ ।   

संक्षिप्त आदेशमा डा. केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मा लगाउन भनिएको छ ।
मंगलबार अदालत उपस्थिति गराइनु भएको केसीको अवहेलना मुद्दाको सुुनुवाइ को क्रममा वकीलहरुले गरेको पक्ष बिपक्षको बहस सकिएपछि न्यायाधीशहरुले छलफल गरेर साधारण तारेखमा रिहा गर्ने फैसला गरेका छन ।
अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो । सर्वोच्च अदालत आफैंले दायर गरेको निवेदनको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमन कुमार श्रेष्ठ, उपेन्द्र न्यौपाने लगायतले बहस गनुभएको छ ।
केसीका तर्फबाट वरिष्ठ अधिवक्त कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी, ओमप्रकाश अर्याललगायतले बहस गर्नुभएको छ ।

निवेदक पक्षबाट बहस सकिएपछि डा. केसी आफैंले १५ मिनेट बहसमा माग लिनुभएको छ । इजलासमा उपस्थित एक वकिलका अनुसार केसीले आफूलाई कसैको निगाह नचाहिने बताउनुभएको थियो ।
उहाँले केसीमाथि हिजो बयानका क्रममा व्यक्त गरेका कुरालाई दोहोर्‍याउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन र कारबाहीको माग गर्नुभएको छ । आफ्ना पक्षको वकिलको बहस सकिएपछि पछि अन्तिममा पनि केसीले आफ्ना कुरा राख्नुभएको थियो ।

अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने भनिएको छ भने प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्बाट कागज झिकाउने उल्लेख छ ।
डा. शशी शर्माको मुद्दाबारे भने सर्वोच्च अदालतबाटै मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ ।
 न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले यो आदेश दिएको हो ।
डा. केसीले प्रहरी हिरासतभित्र पनि आफ्नो अनसन जारी राखेका थिए । उनले आफ्नो माग पूरा नहुन्जेल अनसन जारी राख्ने बताएका छन् ।
डा. केसीले आफ्नो बयानको क्रममा पनि प्रधानन्यायाधीश गोपाल पराजुली भएकाले अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।