निर्वाचन आयोग द्धारा राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

२६ पुस,काठमाडौं/  निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले यसअघि नै माघ २४ गते बुधबार राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने मिति घोषणा गरेको थियो।

प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबारर बसेको बैठकले राष्ट्रियसभाको कार्यतालिकालाई स्वीकृत गर्ने निर्णय गरी निर्वाचा कार्यकतालिका सार्वजनिक गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ।

यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५ सय६ जना तथा प्रदेशसभाका ५सय ५० सदस्य गरी कुल २ हजार५६ जना मतदाता रहेका छन्।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ। नेपालको संविधान अनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ।
त्यस्तै राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८/८ सदस्य निर्वाचित हुने व्यवस्था छ। जसमा महिला तीन जना, दलित एक जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना र अन्य तीन जना निर्वाचित हुनेछन्।

आयोगले जारी गरेको राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
जसका लागि आयोगले प्रत्येक प्रदेशमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाउने छ।
जसमा दाबी विरोधलगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन गरिने कार्यक्रम छ।

आयोगले ९ गते अन्तिम नामावली प्रकाशन गरी १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिकामा उल्लेख छ।
त्यस्तै १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र २४ गते बुधबारको दिन बिहान १० देखि ३ बजेसम्म मतदानको कार्यतालिका रहेको छ।