ठकुरी पत्रकार समाजको श्रहानिय कार्य: जाडोमा बृद्ध,असक्त र जेष्ठ नागरीलाई लत्ता-कपडा बितरण

२७ पुस, नेपालगञ्ज / बांके जिल्लामा रहेका ठकुरी पत्रकारहरुको सगठन ठकुरी पत्रकार समाजले २ सय ९६औँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस अवसरमा पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिर परिसरमा रहेका करीब ५० बृद्ध,असक्त र जेष्ठ नागरीलाई लत्ता-कपडा बितरण गरेको छ । 

कार्यक्रममा बाँके क्षेत्र नं. २ ख प्रदेश सभा सदस्य सुरेन्द्र हमालको प्रमुख आतिथ्यमा ट्राउजर, टोपी र गलबन्दी एकरएक थान बितरण गरिएको छ । कार्यक्रममा स्थानिय तहका निर्बाचित जनप्रतिनिधी र प्रदेश सभाका सदस्यलाई ठकुरी पत्रकार समाजले पनि सम्मान गरिएको छ।

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. २ ख प्रदेश सभा सदस्य सुरेन्द्र हमालले ठकुरी पत्रकार समाजले यसरी अति बिपन्न र गरिब जनतालाई यसरी चिसोमा न्यानो कपडा बितरण कार्य एकदमै सराहनीय भएको बताउनु भयो ।
भबिष्यमा पनि यस्ता समाजिक कार्यलाई निरन्तरता दिन पनि उहाँले जोड दिनु भएको थियो । हमालले पृथ्बी जयन्तिका अबसरमा पनि जसरी पृथ्बीनारायण शाहले नेपाल एकिकरण गरि नेपाललाई जसरी सिङ्गो नेपालको निर्माण गर्नु भएको थियो त्यसरीनै ठकुरी पत्रकारहरुले पनि समाजिक सद्भाब कायम गरि समाज रुपान्तरणमा ठुलो सहयोग गर्न सक्ने उहाले बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता ठकुरी पत्रकार समाज नेपालका करुणा शाहले गर्नु भएको थियो । कार्यक्रममा बाँकेका पत्रकार,ब्यापारी र अधिवक्तहरुको उपस्थिती रहेको थियो ।