श्रम कार्यालय तहाचल काठमाडौका नासु २ लाख ३४ हजार घूससहित पक्राउ

२८ पुस, काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचल काठमाडौंका ! कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूस सहित काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकम सहित नियन्त्रणमा लिएको हो ।