जाजरकोटमा फैलिएको सामन्य भाइरल भनिएको रोग H3N2 स्वाइन इन्फलुन्जा भएको पुष्टि

३० पुस ,जाजरकोट/  जाजरकोटको पश्चिम उत्तर भागमा पर्ने जुनीचाँदे गाउँपालिका र त्यस वरपरका केही बिभिन्न गाउंका मानीसहरुमा बिगत ३ साता देखि फैलिएको भाइरल इन्फ्लुएन्जा Tpye A : H3N2  अर्थात् स्वाइन इन्फलुन्जा भएको पुष्टि भएको छ।

H3 N2 भाइरस ‘सिजनल फ्लु’ भएको भनिए पनि यो रोग सा १९९८ मा अमेरीकामा पत्ता लागेको थियो।  बंगुरबाट मानिसमा सर्ने यो रोगलाई चिकित्सा क्षेत्रले हाल सामान्य भने पनि यो रोग स्वाइन इन्फलुन्जा नै हो जुन पहिलो पटक अमेरिकामा बंगुरबाट मानिसमा सरेको पत्ता लागेको थियो । हाल यो भन्दा पनि खतरनाक रोग H0 N1/H1N1 स्वाइन इन्फलुन्जा लागेको ४८ घण्मै मानिस मर्न सक्ने जस्ता खतरनाक इन्फलुन्जा देखापरिसकेकाले यसलाई हाल अन्य भन्दा सामन्य भनिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डों टेकुले रोगीहरुको नमुना संकलन गरी परिक्षण गर्दा रोग प्रभाबित क्षेत्रका रोगको H3N2  अर्थात् स्वाइन इन्फलुन्जा भएको पुष्टि गरेको हो।

Spread by coughing. Many strains. A, B, C. H0N1, H2N2, H3N2, etc. Patients may die w/in 48 hours.

पाँच बिरामीमध्ये एक जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए ‘एच थ्री एन टु’ फेला परेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभएको छ।
बिरामीको नमुना रगत संकलन गरेर केही दिनअघि काठमाण्डों स्थित प्रयोगशालामा पठाइएको थियो। अन्य चार जनामा भने कुनै प्रकारको लक्षण नदेखिएको बताइएको छ।
H1 N1 भनेको स्वाइन फ्लु को जस्तो तर त्योभन्दा यो अलि कमजोर खालको हो। यसबाट धेरै आत्तिनु पर्दैन।’ हालसम्म रुघाखोकी र ज्वरोका १ हजार ५५ जनाको उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

मध्यपश्चिमको बिकट पहाडी जिल्लाको बिकट क्षेत्र जाजरकोटको सदरमुकाम खलंगाबाट उक्त रोग प्रभबित क्षेत्र जुनचाँदे गाउँपालिकाबाट झण्डै २२ कोष टाढा दुरीमा रहेको छ । प्रभावित क्षेत्रमा हाल ४ जना डाक्टर सहित १७ स्वास्थ्यकर्मी परिचालन गरिएको पनि जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ।

जुनीचाँदेको १, २, ३ र ११ वडामा फैलिएको भाइरल इन्फ्लुएन्जा तथा रुघाखोकी शनिबारदेखि नियन्त्रणमा आउने क्रममा छ । जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले स्वास्थ्य शिविरमा आउने बिरामी घटेका र आएका पनि कमै बिरामीमा ज्वरो देखिएपछि भाइरल नियन्त्रणमा आउने क्रममा रहेको बताए । ‘रोग प्रभावित क्षेत्रमा सञ्चालित शिविरमा ३/४ दिनअघि जस्तो बिरामी आएका छैनन्,’ उनले भने । रोग प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीले शनिबार १ सय २३ बिरामीको उपचार गरेका छन् । शुक्रबारसम्म १ हजार ८ सयको बिरामीको उपचार भएको थियो ।  

बको एक सातामा जुनीचाँदेमा फैलिएको रोग नियन्त्रणमा आउने उनको दाबी छ । कर्णाली विज्ञान प्रतिष्ठान जुम्लाका बाल रोग विशेषज्ञ डा. नम्रता सिन्दान, ३ मेडिकल अधिकृतसहित २० भन्दा बढी स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रमा बिरामीको उपचार गर्दै आएको नेपालीले बताए । स्वास्थ्यकर्मीले जुनीचाँदेको बडकुले, मजकोट, डाँडाकोट, लुहादहलगायत स्थानमा शिविर सञ्चालन गरेको उनले बताए ।

रुघाखोकी जटिल प्रकृतिको महामारी होइन, आत्तिनु पर्दैन : स्वास्थ्य सचिव

यसैबीच स्वास्थ्य सचिव पुष्पा चौधरी, सांसदहरू तथा विज्ञ टोलीले शनिबार रोग प्रभावित क्षेत्रको अनुगमन गरेको छ । मन्त्रालयको टोली औषधि र स्वास्थ्यकर्मीसहित रोग प्रभावित क्षेत्र पुगेको थियो । जुनीचाँदेमा फैलिएको रोग सामान्य खालको रुघाखोकी भएको सचिव चौधरीले बताइन् ।
उनले रुघाखोकी जटिल प्रकृतिको महामारी नभएकाले स्थानीय बासिन्दालाई नआत्तिन आग्रह गरेकी छन् । रोगले आगामी दिनमा महामारीको रूप लिन सक्ने सम्भावना भएकाले समयमै उच्च सतर्कता अपनाइने उनले बताइन् । जुनीचाँदेमा रोगविरुद्ध लड्ने क्षमता कम भएका व्यक्ति भाइरल इन्फ्लुएन्जाबाट पीडित भएको उनले बताइन् ।