३३ केजी सुन तस्करी गर्ने ३३ जना गिरोहका सदस्यलाई संगठित अपराध अन्तरगत मुद्दा : सीआइबी

२ माघ, काठमाडौं / सुन तस्करी गर्ने गिरोहका अभियुक्त भारत राजस्थान गंगा नगर घर भइ काठमाडौं–२, गैरीधारा बस्दै आएका ३२ वर्षीय राहुल गोयललाई पक्राउ  गरी  अनुसन्धान थालिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार  विशाल बजार स्थित सालिमार ज्वेलर्सको सञ्चालक समेत रहेका  राहुल गोयल यसअघि २१ पुस ०७३ मा विमानस्थलबाट ३३ केजी सुन सहित ३ जना पक्राउ परेका थिए ।

एयर अरेबियाको विमानबाट ल्याइएको उक्त परिणामको सुन सहित मोरङका दीनबन्धु थापा, नेपालगञ्ज्का गोपाल बहादुर शाही र जनकपुरका सन्तोष काफ्लेलार्इ प्रहरीले पक्राउ गरेको थियो । उनीहरु सहित घटनामा संलग्न ३३ जनामाथि संगठित अपराध अन्तरगत मुद्दा चलाइएको थियो ।

सम्बन्धित शीर्षक