जापान,अमेरिका पठाउने भनी २ करोड ७५ लाख ठगी गर्ने लोहनी पक्राउ


५ माघ,काठमाडौँ/ जापान,अमेरिका लगायतका देशमा पठाउने भनी करोडौ ठगी गर्ने नुवाकोटको थानपती घर भई ललितपुरको तिखे देवल बस्ने ३९ बर्षीय पारस लोहनीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले लोहनीलाई बुधवार काठमाडौँ महानगरपालिका–१६ स्रोहखुट्टेबाट पक्राउ गरेको हो ।
लोहनीले फ्रान्स, जापान, सिंगापुर, अमेरिका लगायतका देशहरुमा पानी जहाजमा आकर्षक सेवा सुविधा सहितको रोजगारी पाउने भनी प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट प्रतिव्यक्ति ७ लाख देखि ३५ लाखसम्म गरी २ करोड ७५ लाख ठगी गरेको भनी बिभिन्न ३३ जना पीडितहरुले महाशाखामा उजुरी गदिएकोमा प्रहरुलिे लोहनीलाई पक्राउ गरेको हो । ।
लोहनीले पीडितहरुसंग रकम लेनदेन गर्दा भेटेरै रकम लिने गरेको, कसैलाई आईएमई मार्फत पैसा पठाउन लगाउने गरेको र नगद संकलन गरे पश्चात काम नगरी सम्पर्क विहीन हुने हुदाँ पीडितहरुबाट काम छिटो गर्न दवाव आए पश्चात निजले बैदेशिक रोजगार सम्बन्धी कागज गर्ने, रकम नभएको बैंक खाताको चेक दिई अलमलाउने र कसैलाई भिजिट भिषामा दुबई, इण्डोनेसिया लगायतका देशमा पु¥याई अलपत्र पार्ने गरेको प्रहरीले अनुसन्धान पछी खुल्न आएको जनाएको छ ।
लोहनीलाई थप अनुसन्धान एवं कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।