पूर्वाञ्चलको पहाडी जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं.२ पेल्माङमा स्वाइन फ्लुको आशंका : ४ सय ५८ जनाको उपचार,अधिकांश घरमा बिरामी,

 # दावा शेर्पा #

६ माघ, सोलुखुम्बु / पूर्वाञ्चलको पहाडी जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं.२ पेल्माङमा भाइरल प्रभावित ४ सय ५८ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टर  सन्डु शेर्पा सहितको टोलीले गत आइतबार देखि शुक्रबार सम्म गरी ४ सय ५८ जनाको उपचार गरेको जानकारी दिनुभएको छ ।

जिल्ला जन स्वास्थ्य कार्यालय सोलुखुम्बुबाट रोग प्रभावित क्षेत्रमा पुगेको -यापिड एक्सन रेसपोन्स टिमका सदस्य  स्वास्थ्य सहायक कुमार के.सी.का अनुसार बिरामीको अवस्था सुधारोन्मुख रहेको र अहिले घर-घरमा पुगेर बिरामीको अवस्था बुझ्ने काम भइरहेको छ ।

शुरुमा बालबालिका बढी प्रभावित भएको भाइरलबाट अहिले अभिभावक बढी प्रभावित बनेका छन् । नब्बे प्रतिशत अभिभावक प्रभावित बनेको पाइएको स्वास्थ्य सहायक केसीले बताउनु भएको छ ।

‘सबै बिरामीमा देखिएको लक्षणका आधारमा उपचार भइरहेको र  उक्त गाउँमा हरेक घरमा सुँगुर र कुखुरा पालन हुने गरेको र केही दिनअघि सुँगर र कुखुरा बिरामी भएर मरेकाले त्यसबाट स्वाइनफ्लुको भाइरस फैलिएको आशंका गरिएको छ ।

बिरामीमा उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको छ । पूरै टोलमा भाइरल फैलिएपछि स्थानीय नागरिकमा त्रास उत्पन्न भएको छ ।

पेल्माङमा फैलिएको भाइरल पत्ता लगाउन शुक्रबार नै नमूना संकलन गरि काठमाडौ लगेर  प्रयोगशाला जाँच गरेपछि भाइरस बारे पत्ता लाग्ने र स्वायनफ्लु भए–नभएकोबारे यकिन गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा। मिङ्मार छिरिङ शेर्पाले बताउनु भएको छ ।
उनले भने, ‘गाउँमा भाइरल प्रकोप फैलिएपछि विद्यार्थीको पढाइमा असर पुगेकाले कसरी अतिरिक्त कक्षा सञ्चालन गर्न सकिन्छ भन्नेबारे छलफल गरेर निष्कर्षमा पुग्नेछौँ ।’

महाकुलुङमा फैलिएको भाइरलका कारण यसअघि नै दुई जनाको मृत्यु भइसकेको र थप फैली नदनि गत मंगलबारदेखि शुक्रबार सम्मस्थानिय पेल्माङ आधारभूत विद्यालय बन्द गरिएकोमा आइतबार देखि केही दिनका लागी  विद्यालय बन्द गर्नुपर्ने अवस्था भएकालेले विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरिने विद्यालयका प्रअ टंकबहादुर दाहालले बताउनु भयो । ।