कैलाली,बौनियामा अबैध मदिरा नष्ट

दिनेश पाण्डे/ ६ माघ,कैलाली
ईलाका प्रहरी कार्यालय बौनियाले बौनिया बजार क्षेत्रबाट घरेलु मदिरा तथा मदिरा जन्य पदार्थ उत्पादनमा प्रयोग गरिने सामग्री बरामद गरेको छ ।
प्रहरी नायब निरीक्षक रामचन्द्र पन्तको नेतृत्वमा खटिएको टोलिले शनिबार बजारका विभिन्न होटलमा छापा हानी उक्त सामग्री बरामद गरेको हो ।
करिब १ सय लिटर बराबरको बरामद गरेको मदिरा ईलाका प्रहरी कार्यालय बौनियाले स्थानिय बुद्धिजीवी तथा पत्रकारको रोहबरमा नस्ट समेत गरेको छ ।
पछिल्लो समयमा बौनियामा अपराधिक क्रियाकलाप बढ्दै गएकाले अबैध मदिरा पनी त्यसको एक कारण बनेको भन्दै प्रहरी नायब निरीक्षक पन्तले होटलमा छापा हानी उक्त सामग्री बरामद गरेको बताएका छन ।
प्रहरी नायव निरीक्षक पन्तले मंसिर २ गते पत्रकार लक्ष्मी जैशी माथि भएको सांघातिक आक्रमणको अनुसन्धानमा आफु लागी परेको र घट्नाको बारेमा इन्भेष्टीकेशन भैरहेको बताए । उनले कुनैपनी हालतमा पत्रकार माथि हमाला गर्ने अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।
पन्तले बौनियामा पछिल्लो समयमा केही टया्पे, मुन्द्रेहरुनै लागुपदार्थ दुव्र्यसनी र डकैतीका क्रियाकलापहरुमा संलग्न रहेको भन्दै यि सबैलाई कानुनी दायारामा उभाएरै छाड्ने चेतावनी दिए ।