७ पुस,दाङ / ५ नम्बर प्रदेशको अस्थाई मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै ४ दिनदेखि जारी दांगमा जारी आमहड्ताल र बन्द शनिबार राति देखि फिर्ता भएको छ ।
५ नम्वर प्रदेशको राजधानीका बिष्यलाई लिएर दांगमा संयुक्त सर्वदलीय संघर्ष समितिको शनिबार बेलुका बसेको बैठकले बन्द र हड्तालका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्नुका साथै निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिंदै केही समयका लागि बन्द र हड्तालका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
बन्दका फिर्ता भएपछी लामो समय देखि पूर्व पश्चिम राजमार्गत अन्तर्गत दाङको सिमा क्षेत्रमा रोकिएका सवारी साधन सुचारु भएका छन् । संघर्ष समितिले आन्दोलनका क्रममा जनमानसमा पर्न गएको असुबिधाप्रति क्षमायाचना गरेको छ ।
बन्द कार्यक्रम फिर्ता लिएर कालोझण्डा प्रदर्शन, डेलिगेशन, बिरोधसभा, रिले अनशन, धर्ना, कानूनी उपचार जस्ता कार्यक्रम भने जारी रहने आन्दोलनकारीहरुले बताएका छन ।
आइतबार कालो झण्डा गाड्ने, दिउँसो १ बजे जिल्लाका मुख्य बजार घोराही, तुलसीपुर, लमही र भालुबाङमा कालोपट्टी सहित बिरोध जुलुश गर्ने निर्णय भएको बताइएको छ ।
हाम्रो संरचना । ७ माघ २०७४, आईतवार ०७:०७