७ पुस, बढैयाताल/ बर्दियार थारु भाषाको विकासका लागि आफनो भाषा बोल्ने,लेख्ने र छाप्ने काममा आएको तिव्रतालाई निरन्रता दिने र सिर्जनशिल लेखनलाई अघि बढाउने लगायतका ९ बुँदे बढैयाताल घोषणा पत्र जारी गर्दै तेस्रो राष्ट्रिय थारु साहित्यिक मेला शनिबार समापन भएको छ ।
२ दिन सम्म चलेको साहित्यिक मेलाले भाषा, साहित्य विकासको लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठान लगायत सरकारी निकायहरुमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि जोडदार माग गरेको छ ।
थारु भाषाको मानकको लागि सबै भाषाप्रेमी, लेखक, प्रकाशक,सम्पादकहरु एकवद्ध भएर काम गर्ने घोषणा पत्रमा उल्लेख छ । अर्को थारु सहित्यीक मेला आगामी वर्ष चैत्रमा रुपन्देहिमा गर्ने तह भएको जारी घोषणा पत्रमा उल्लेख छ ।
थारु भाषाका साहित्यक सृजनाहरुमा भएका कमजोरीहरु पत्ता लगाई व्याकरणीय शैलि तथा सहित्यिक लेखनीको विकास गर्न थारु भाषाका लेखक तथा सहित्य समालोचकहरु बर्दियामा भेला भएका थिए ।
शुक्रबारबाट बर्दियाको बढैयाताल गाउँपालिकामा सुरु भएको सहित्यिक मेलामा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, थारु भाषामा लेख्दै आएका स्रष्टा,समालोचक भाषा विज्ञ तथा थारु सहित्यका कथाकार,कवि तथा गजलकार लगायत देशका थारु स्रष्टाहरु बिच छलफल चलेको थियो ।
हाम्रो संरचना । ७ माघ २०७४, आईतवार ०९:५४