प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल पक्का, एमाले संसदीय दलको नेतामा पोखरेल चयन

एमाले ५ नम्बर प्रदेश प्रमुख बिष्णु पोखरेल संग शंकर पोखरेल

७ माघ, नेपालगञ्ज/   नेकपा एमालेको प्रदेश ५ का प्रदेश सदस्यहरुहरुको बैठकलेले संसदीय दलको नेतामा शंकर पोखरेललाई चयन गरेका छन्। यो सँगै पोखरेललाई मुख्यमन्त्री बन्ने पक्का भएको छ। नेकपा एमाले र नेकपा माओवादी बीच प्रदेश ५ मा पोखरेललाई मुख्य मन्त्री बनाउने यस अघि नै सहमति भएर निर्वाचनमा होमिएका थिए।

पोखरेलले अब प्रदेश प्रमुखलाई बहुमत आफ्नो पक्षमा रहेको पत्र दिए लगत्तै उनी मुख्यमन्त्री घोषित हुनेछन्। पोखरेलले तीस दिन भित्र प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको प्रमाणित गर्नुपर्ने हुन्छ ।

त्सैगरी  प्रदेश नं १ र प्रदेश नं ३ मा एमालेको एकल बहुमत छ। यस्तोमा संसदीय दलको नेता चयन भए मुख्यमन्त्री बन्ने निश्चित हुनेछ।तर दुवै प्रदेश एमाले स्थायी समितिको निर्णय कुरिरहेका छन्। प्रदेश १ मा भीम आचार्य र शेरधन राई संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने तयारीमा छन्। त्यस्तै प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डै दुवै संसदीय दलको नेता बन्न चाहेका छन्।

संविधानको धारा १६८ को ९१० मा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।आइतबार प्रदेश नं ३ का प्रदेश सदस्यहरुले संसदीय दलको अनौपचारिक बैठक गरेका छन्। तर औपचारिक निर्णय लिएको छैन।

त्यसो त एमाले र माओवादीबीच प्रदेशको भाग वण्डाको औपचारिक निर्णय हुन बाँकी छ। एमालेले प्रदेश १ र ३ सँगै ४ र ५ मा मुख्यमन्त्री पाउने सम्भावना छ। प्रदेश ६ र ७ मा माओवादीको मुख्यमन्त्री बन्ने दाउमा रहेको छ।

संविधान अनुसार मुख्यमन्त्रीले निर्वाचन भएको तीस दिन भित्र बहुमत सिद्ध गर्नुपर्नेछ। प्रदेश सभाको बैठक प्रदेश प्रमुखले निर्वाचन परिणाम घोषणा भएको बीस दिन भित्रै डाकिसक्नुपर्ने प्रावधान संविधानमा छ।