हाम्रो संरचना मङ्लबार, कार्तिक २, २०७८ 588 Views

७ माघ, नेपालगञ्ज/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक आइतबार केपी ओलीको निवास काठमाण्डौंको बालकोटमा बसेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित एमाले अध्यक्ष केपी ओली, एकता संयोजन समिति र कार्यदलका नेताहरु रहेका छन्। संयोजन समिति बैठकको एजेन्डा तय गर्न शनिबार साँझ ओली र दाहालबीच बालकोटमा छलफल भएको थियो।

सरकार गठनअघि नै पार्टी एकता गर्ने तयारीमा रहेका एमाले-मा‌ओवादीबीच सैद्धान्तिक, सांगठनिक र नेतृत्व विषयमा छलफल भएको छ।