नेपाली सेनाको सहयोगमा बांकेको शमशेरगञ्ज-ओभरीमा सर्पदंश उपचार केन्द्र सञ्चान हुदै

८ माघ, राप्तीसोनारी, बाँके/  बांके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्शेरगन्ज, ओभरीमा नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र सञ्चालन हुने भएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय रहेको ओभरी अगाडि नै सर्पदंश उपचार केन्द्र स्थापनाका लागी करीब ३० लाख रुपैयामा भवन निर्माण गर्न सुरु गरिएको छ ।

भवन निर्माण गर्नको लागि राप्तीसोनारी गाउँपालिकाले १५ लाख रकम विनियोजन गरेको छ । अत्याधिक सर्पदंश रहने उक्त क्षेत्रमा सर्पदंश उपचार केन्द्रको सञ्चालन नेपाली सेनाले गर्नेछ । नेपाली सेना श्रीमेहर गण बाँके निकुञ्जले भवन निर्माणका क्रममा निशुल्क श्रमदान समेत गर्नेछ  जानकारी गराएको छ।

सर्पदंश उपचार केन्द्र भवनको सोमबार एक समारोहको आयोजना गरि बाँके क्षेत्र नम्बर १ क निर्वाचन क्षेत्रकी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सर्पशंश उपचार केन्द्रको भवनको शिल्यान्यास गर्नुभएको छ। त्यसैगरी सो समारोहमा नेपाली सेना ४ नम्बर बाहिनी राँझाका बाहिनीपती अन्नत कार्की, प्रदेशसभा सदस्य नमुना, स्थानीय जनप्रतिनिधी लगायतको पहलमा सर्पदंश उपचार केन्द्र स्थापना हुन लागेको हो । प्रदेशसभा सदस्य नमुनाले सर्पदंश उपचार केन्द्र स्थापना भएपछि यस क्षेत्रका बिरामीलाई सजिलो हुने बताउनुभयो । सर्पदंश उपचार केन्द्र स्थापना गर्नमा आफुले सक्दो सहयोग गरिराख्ने प्रदेश सभा नमुनाले बताउनुभयो ।

उक्त केन्द्रको भवन उलघान सत्रान नेपाली सेना ४ नम्बर बाहिनी राँझाका बाहिनीपती अन्नत कार्की, राप्तीसोनारी गाउँपालिका प्रमुख लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री, स्थानीय जनप्रतिनिधी, विभिन्न राजनितिक दलका प्रमुख, पत्रकार, नेपाली सेना लगायतको सहभागिता रहेको थियो ।