एमाले स्थायी कमिटी बैठक : ५,६ र ७ प्रदेशका राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावली सार्वजनिक

९ माघ, नेपालगञ्ज/ नेकपा एमालेले राष्ट्रिय सभा सदस्य पदका लागि ३ वटा प्रदेशका उम्मेदवारको नामावलीमा टुंगो लगाएको छ ।
स्थायी कमिटीको सोमबार राति अबेरसम्म बसेको बैठकले प्रदेश नम्बर ५,६ र ७ मा उम्मेदवार टुंगो लगाएको छ ।

नेकपा एमालेको स्थायी कमिटीको सोमबार राति अबेरसम्म बसेको बैठकले ५, ६ र ७ नम्बर प्रदेशका उम्मेदवार टुंगो लगाएको हो।

प्रदेश नं ५ बाट छनौट भएका उम्मेदवारहरु नामावली

१- रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२- खिमलाल भट्टराई (खुला), रुपन्देही
३- मीना बुढा (महिला), रोल्पा
४- कोमल वली (महिला), दाङ

प्रदेश नं ६ बाट छनौट भएका उम्मेदवारहरु नामावली
१- कविता बोगटी (महिला), हुम्ला
२- नन्दा शर्मा (महिला), सुर्खेत
३- नरपति लोहार (दलित), कालिकोट
४- भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५- ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७ बाट छनौट भएका उम्मेदवारहरु नामावली

१- कमला ओली (महिला), कैलाली
२- इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर
३- शेरबहादुर कुावर (खुला), अछाम
४- चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

त्यसैगरी बैठकले एमालेले ललितपुर– क्षेत्र नं १ नवनिर्वाचित सांसद नवराज सिलवाल विरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको पार्टी एकताका विषयमा भएका प्रगतिबारे जानकारी गराउनु भएकोथियो । पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको जानकारी गराउनु भएके छ। बैठकले राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाट गर्न गठित कार्यदलले दिएको प्रतिवेदनलाई अनुमोदन गरेको छ । कार्यदलले राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाटमा एमाले २९ र माओबादीलाई १४ सिट लिने(दिने सहमती गरेको थियो ।

सम्बन्धित शीर्षक