९ माघ, नेपालगञ्ज/ जाजरकोट र बाजुरा लगायत जिल्लामा प्रकोपका रूपमा देखिएको भाइरल एन्फलुन्जा फ्लु H3N2 देखिएको छ । यो भाइरस इन्फ्लुएन्जा ‘ए’ उप–प्रजातिको ज्घल्द्द नामले चिनिन्छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभावित जिल्लाका बिरामीको -र्याल परीक्षण गर्दा बाजुरा बिरामीको नमुना संकलन बाट आएका ५ नमुना मध्ये ३ र जाजरकोटका ८ नमुना मध्ये ५ वटामा H3N2 नामक भाइरसका किटाणु देखिएको छ ।
सन् १९६८ को जुलाइमा एज्घल्द्द फ्लुको प्रकोपले विश्वभर १० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको आकलन गरिएको थियो । यो रुघाखोकी हङकङबाट सुरु भएकाले यसको नाम हङकङ फ्लु पनि भनेर चिन्ने गरिन्छ ।
हङकङ फ्लु भाइरल विरुद आम मानिसको शरीरमा रोग प्रतिरोधक क्षमता विकसित भइसकेकाले हाल पहिले जस्तो यसलाई त्यति खतरनाक मानिँदैन । नेपालमा भने यो अलि कडा देखिएको छ ।
प्रयोगशालाका निर्देशक डा. राज कुमार महतोले बाजुरा र जाजरकोटमा मौसमी रुघाखोकी H3N2 देखिएको जानकारी दिँदै अन्य ठाउँ कालीकोट र सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं.२ पेल्माङको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको बताउनु भयो ।
विश्व स्वास्थ्य संगठन ध्ज्इ का अनुसार मौसमी रुघाखोकीका भाइरस ए, बी र सी गरी तीन प्रकारका हुन्छन् । ‘ए’ भाइरसका विभिन्न उप–प्रकार मध्ये हाल H1N1 र H3N2 मानिसमा फैलिरहेको छ । ‘सी’ प्रकारको इन्फ्लुएन्जा भाइरस ‘ए’ र ‘बी’ को दाँजोमा धेरै कम फैलिरहेको हुन्छ ।
कालीकोटमा फैलदै भाइरल ज्वरो, बिरामीको संख्यामा बृद्धि, माग गरिएको औषधी पुगे पनि जनशक्ती पुगेन !
कालिकोटको सदरमुकाम वरीपरि देखा परेको भाइरल ज्वरो झन झन भाइरल हुदै गएको छ अर्थात फैलदै गएके छ । खाडाचक्र नगरपालिकाको वडा नम्बर २ को मेग्र, भर्ता ,पोरिपाल्नी र वडा नम्बर ४ को ताडी टोल सहित वडा नम्बर ६ मा पनि भाइरल ज्वरोका बिरामी भेटिएको खाडाचक्र नगरपालिका नगर प्रमुख जसी प्रसाद पाण्डेले बताउन’ भएको छ ।
त्यस्तै, सान्नी-त्रिवेणी गाउंपालीकाको वडा नम्बर ५ स्थित डाडाखेत, तिलागुफा नगरपालिकाको चिल्खाया र महाबै गाउँपालिकामा पनि भाइरल ज्वरोका बिरामी देखिएको जिल्ला जन स्वास्थ्य कार्यालय कालीकोटले जानकारी दिएको छ ।
जिल्ला जन स्वास्थ्य कार्यालयका सिनियर अहेव कटक बहादुर महतका अनुसार गत शनिबार सम्ममा खाडाचक्र नगरपालीकाको ४ र २ वडामा ८ सय १४ जनाको परीक्षण गरिएकोमा आइतबार मात्र वडा २ को पोरीपाल्नीमा थप १ सय ८९ बिरामी फेला परेका छन् ।
कालीकोट जिल्ला अस्पतालका डा. सुवास शर्माको नेतृत्वमा आइतबार पोरीपाल्नी गएको टोलीले १ सय २७ महिला र ६१ पुरुष बिरामीको परीक्षण तथा उपचार गरेको जसमा गम्भीर अवस्थाका ९६ बिरामी फेला परेको जानकारी गराएको छ ।
त्यसैगरी खाडाचक्र वडा ४ मा सोमबार मात्र थप ७७ जना बिरामीको उपचार गरिएको छ । जसमा ७० प्रतिशत बालबालिका र २० प्रतिशत वृद्धवृद्धा र १० प्रतिशत वयस्क छन् ।
सुर्खेतबाट आएको एक ट्रक औषधि सोमबार कालीकोटको सदरमुकाम खांडाचक्र, मान्मको चौर स्थित जिल्ला जनस्वास्थ्य पुगेको र आएको एन्टिबायोटिक औषधी प्रभाबित क्षेत्रमा आज मगलबार देखी पठाइने भएको छ ।
आवश्यक्ता अनुसार कडा खालको एन्टिबायोटिक सम्वन्धीत क्षेत्रमा पठाउने र गम्भीर अवस्थाका बिरामीलाई जिल्ला अस्पतालमा भर्ना गरिएकोले उपचारमा गम्भीर भएर लागेको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले जानकारी दिएको छ ।
गत आइतबार बेलुकी बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट थप स्वास्थ्यकर्मी माग गर्ने निर्णय गरे पनि जनशक्ती कालिकोट आइनपुगेको बताइएको छ ।
धेरै ठाउँमा एकै पटक भाइरल फैलिएपछि हालको जनशक्ति अपुग हुने ठहर गर्दै थप माग गर्ने निर्णय बैठकले गरेको स्थानिय प्रशासनले जनाएको छ ।
आइतबार मात्र जिल्ला अस्पतालमा १९ बिरामी आएकामा १३ जना भर्ना गरिएको थियो भने सोमबार २३ जना बिरामी अस्पताल आएका छन् ।
सोमबार रोग फैलिएको खाडाचक्र नगरपालिका वडा नम्बर ४ ताडी टोलमा ४ जना स्वास्थ्यकर्मीको टोली खटाएको दाबी गरेको छ । तर, बिरामीले गाउँमा डाक्टर नगएको र औषधि पनि नपाइएको गुनासो गर्न अझै छोडेका छैनन ।
हाम्रो संरचना । ९ माघ २०७४, मंगलवार ०८:५८