९ माघ,काठमाडौं/ निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा प्रत्यक्ष संलग्न भएका भनिएका बाराको गढीमाई नगरपालिका–१ पथलैया घर भई चितवनको भरतपुर महानगरपालिका–१३ चम्पानगर डेरा गरी बस्ने ३२ बर्षीय बागमारे भन्ने श्याम बहादुर गोम्बी गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको जनाएकोछ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले गुरुङ्गलाई सोमबार निजकै डेरा रहेको कोठाबाट पक्राउ गरेको हो ।
गुरुङ्ग गत असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटना तथा २०७३ पुस ४ गते रुपन्देहीको देवदह खैरहनीमा दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरेको घटनामा प्रत्यक्ष रुपमा संलग्न भएको प्रहरीले जनाएको छ ।
गोम्बेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले सोमबार भरतपुर महानगरपालिका–१३, चम्पानगरबाट पक्राउ गरेपछि नयाँ रहस्य बाहिर आएको हो ।
सीआईबील गोम्बेलाई मंगलबार महानगरीय प्रहरी परिसर, टेकुमा बुझाएको छ ।
गुरुङलाई पक्राउ गरेपछि एक विज्ञप्ति जारी गर्दै सीआईबीले गोम्बे ४ पुस ०७३ मा रुपन्देहीको देवदहमा गोली हानी हत्या गरिएका दुर्गा तिवारीको घटनामा समेत ‘प्रत्यक्षरुपमा संलग्न’ भएको बताएको छ ।
आर्मीका भगौडा गोम्बेको सुटरको रुपमा अपराधिक क्रियाकलापमा २९ चैत्र ०७३ मा दावा लामा माथि गोली प्रहार गर्ने व्यक्ति समेत उनै भएको प्रहरीले जनाएको छ ।
कसरी पक्राउ परे गोम्बे १
बाराको गढीमाई नगरपालिका–१, पथलैया घर भएका ३२ वर्षीय गोम्बे इलामको कालीध्वज गणबाट भागेका भगौडा आर्मी हुन् । उनलाई प्रहरीले केही समयदेखि खोजी गरिरहेको थियो ।
गौचनलाई गोली प्रहार गर्न शिवजी महतोले भारतबाट ५५ हजार रुपैयाँमा हतियार खरिद गरी गोम्बेलाई बिक्री गरेको यसअघि प्रहरीले खुलाइसकेको छ । गोम्बेले त्यो हतियार ६५ हजार रुपैयाँमा खरिद गरेका थिए ।
आइतबार रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्यामा संलग्न हतियार व्यवस्थापक २ जनालाई प्रहरीले पक्राउ गर्यो । उनीहरुलाई समेत प्रहरीले गोम्बेलाई खोजीको आधार बनायो ।
सोही क्रममा सीआईबीले गोम्बे चितवनमा बसेको सुराकी पायो । गोम्बेलाई पक्राउ गर्न सीआईबीले टोली परिचालन गर्यो । सोही क्रममा उनी सोमबार भरतपुर–१३, चम्पानगरस्थित डेरामा बसिरहेको कोठाबाट गोम्बे पक्राउ परे ।
प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा कुमार घैंटेले गौचनको डाँफे कन्स्ट्रक्सनमा लगानी गरेको दुई करोड ५० लाख रुपैयाँ मध्ये १ करोड आफ्नो भएको दाबी घटनाका मुख्य योजनाकार समिरमानसिंहको थियो । र, सोही रकम नदिँदा गौचनको हत्या भएको बताएको थियो । ।
हाम्रो संरचना । ९ माघ २०७४, मंगलवार २१:५६