राष्ट्रियसभाका १७ सदस्य निर्विरोध निर्वाचित, को-को भिड्दैछन् चुनावमा ? जित्ने सम्भावना भएका उम्मेदवारहरु ( विवरण सहित)


१० माघ, नेपालगञ्ज/  आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य पदका लागी ५६ मध्ये ८३ जनाको उम्मेदवारी दर्ता भएकोमा  बुधबार मनोनयन दर्ताकै क्रममा १७ जना निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३९ सांसदका लागि आगामी माघ २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ ।

निर्विरोध हुनेहरु  !

प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेको छ । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले बताएको छ ।

प्रदेश २ बाट ५ सदस्य निर्विरोध भएका छन् ।  महिला ३ सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेकोले निर्विरोध हुने निश्चित छ । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको र आगामी माघ २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ

प्रदेश ५ बाट राष्ट्रियसभामा ३ महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ ।  दावी विरोध लगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुनेछन् ।

प्रदेश ७ बाट भने खुला र महिलातर्फ ३र३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । दलित र अपाङ्ग तथा अल्पसंख्यक सिटका लागि चुनाव हुनेछ ।  खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ । प्रदेश ६ मा भने सबै सिटमा चुनाव हुनेछ ।त्यसैगरी राष्ट्रियसभा चुनावका लागि माघ १२ देखि आचारसंहिता लागू हुने भएको छ ।

 

प्रदेश नं १ मा १२,

प्रदेश नं २ मा नौ,

प्रदेश नं ३ मा १७,

प्रदेश नं ४ मा १२,

प्रदेश नं ५ मा ११,

प्रदेश नं ६ मा १२

र प्रदेश नं ७ मा १०  जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

 

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख मतदाता हुन्छन् । यी मतदाता भनेका दलहरुबाट उम्मेदवार भएर जितेका सम्बन्धित दलकै नेता कार्यकर्ता हुन् ।

जित्ने सम्भावना भएका उम्मेदवारहरु :

प्रदेश नम्बर १

खेम नेपाली (एमाले)
हरिचरण सिवाकोटी (एमाले)
परशुमेघी गुरुङ (एमाले)
अगम बान्तवा (एमाले)
रमेशजंग रायमाझी (कांग्रेस)

प्रदेश नम्बर २

सुमन प्याकुरेल (एमाले)
जितेन्द्र देव (कांग्रेस)
रमेश यादव (राजपा)

प्रदेश नम्बर ३

पार्वती रावल (एमाले)
उदया शर्मा (एमाले)
सिंहबहादुर विक (एमाले)
बेदुराम भुसाल (एमाले)
रामचन्द्र राई दनुवार (एमाले)
राधेश्याम अधिकारी (कांग्रेस)
धना खतिवडा (कांग्रेस)
रामबहादुर थापा बादल (माओवादी केन्द्र)

प्रदेश नम्बर ४

रामबहादुर थापा (एमाले)
गणेश तिमल्सिना (एमाले)
शान्ति अधिकारी (एमाले)
दीपा  गुरुङ (एमाले)
सुरेन्द्रराज पाण्डे (कांग्रेस)
वृन्दा रानामगर (महिला)
दीनानाथ शर्मा (माओवादी केन्द्र)
खिमकुमार विक (माओवादी केन्द्र)

प्रदेश नम्बर ५

रामलखन हरिजन (एमाले))
खिमलाल भट्टराई (एमाले)
दुर्गाप्रसाद उपाध्याय (कांग्रेस)
राजकुमार कुँवर (माओवादी केन्द्र)
चन्द्रबहादुर खड्का (माओवादी केन्द्र)

प्रदेश नम्बर ६

कविता बोगटी (एमाले)
नन्दा शर्मा (एमाले)
नरपति लोहार (एमाले)
भैरवसुन्दर श्रेष्ठ (एमाले)
ठगेन्द्र पुरी (एमाले)
जीवन बुढा (माओवादी केन्द्र)
युटुल लामा (माओवादी केन्द्र)
कालीबहादुर मल्ल (माओवादी केन्द्र)

प्रदेश नम्बर ७

चक्रप्रसाद स्नेही (एमाले)
लालीराम लोहार (माओवादी केन्द्र)