काठमाण्डौंबाट झापा तर्फ गइरहेको जीप शनिबार बिहान धनुषाको पोर्ताहामा दुर्घटना, ६ जनाको मृत्यु ,५ जना घाइते

फोटो : प्रनि माधवराज काफ्लेको सहयोग

१३ माघ, नेपालगञ्ज/ नेपालको राजधानी काठमाण्डौंबाट पूर्वी नेपालमा रहेको झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो शनिबार बिहान करीब २ बजे पूर्व-पश्चिम राजमार्ग अन्तरगत धनुषाको गणेशमान-चारधाम नगरपालिका वडा नम्बर ८ स्थित पोर्ताहामा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिंहका अनुसार उक्त सडक दुर्घटनामा मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ वडा न ९८ का खेमकुमार रानामगर, पाँचथर रवि९वडा न ६ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेका छन ।

दुर्घटनामा  विराटनगर– ४ का ३५ वर्षीया शारदा रेग्मी दाहाल, मोरङको लेटाङ– ८ का खेमकुमार राना मगर, , मोरङका ३३ वर्षीय प्रल्हाद न्यौपाने, पाँचथरको रवि गाउँपालिका– ६ का प्रनिता राई, संखुवासभाको धर्मदेवी– ९ का २९ वर्षीय नयाराज जीवी,   र खोटाङ निर्मलीडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहानको मृत्यु भएको छ । उक्त दुर्घटना जीप तीब्र गतिमा भएको समयमा अनियन्त्रित भएर हुनसक्ने प्रहरीले जनाएको छ ।