१३ माघ,नेपालगञ्ज/ “सिमा क्षेत्रमा शान्ती र सदभाव” मूल नाराका साथ यहि आउदो फागुन ३ गतेबाट नेपालगञ्जमा अन्तराष्ट्रिय स्तरको “प्रधानमन्त्री कप” महिला भलिवल प्रतियोगिताको पाँचौ श्रृंखला आयोजना हुने भएको छ ।
जिल्ला भलिबल संघ बांकेको आयोजनामा हुने उक्त अन्तराष्ट्रिय प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगितामा नेपाल,भारत र बंगलादेशका ७ वटा उत्कृष्ष्ट समूहले सहभागिता जनाउने आयोजकले शुक्रबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
जिल्ला भलिवल संघ बांकेका अध्यक्ष टिएस ठकुरीका अनुसार फागुन ३ देखी ७ गते सम्म ४ दिन सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई रु. २ लाख, द्वितिय हुनेलाई रु. १ लाख र तृतिय हुनेलाई रु. ५० हजार पुरस्कार र ट्रफिको व्यवस्था गरिएको छ ।
आठौ राष्ट्रिय खेलकुदको पूर्व तयारीकै क्रममा नेपालगञ्जमा प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिताले ठोस मद्दत पुग्ने तयारी समितिका संयोजक तथा राखेपका सदस्य विनोद मैनालीले बताउनु भयो ।
मैनालीलेले खेलकुद प्रतियोगिताको पूर्वाधार र तयारीको बारेमा समेत सहयोग पुग्ने भएकोले प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता नेपालगञ्जमा गर्नु सकारात्मक भएको बिचार ब्यक्त गर्नुभयो ।
मध्यश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले सो प्रतियोगिता सम्पन्न गर्नको लागि खेलकुद विकास समितिले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
हाम्रो संरचना । १३ माघ २०७४, शनिबार १०:२४